आज प्रतिनिधिसभाको बैठक बस्दै

आजभोलि

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज शुक्रबार दिउँसो बस्दैछ। बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने भएको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले तीन वटा विधेयक प्रस्तुत गर्नेछन् ।

उनले ‘सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने त्यसपछि विधेयक प्रस्तुत गर्ने छन् ।

त्यसैगरी, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

उनले नै नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन विधेयक, २०७९ लाई प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन र बिमा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, पेस गर्ने सम्भावित कार्यसूची छ। संसदले बिहीबार मात्र आर्थिक वर्ष २०७९ र ०८० का लागि विनियोजन विधेयक पारित गरेको थियो ।

  • ३ असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !