प्रेमिको हत्या गरेको आरोपमा १९ बर्षीय युवती थुनामा

आजभोलि

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–३ झ्याँकु सर्सेपुका २४ वर्षीय युवक यानबहादुर बस्नेतको हत्याको आरोपमा आरोपमा पक्राउ परेकी उनकी प्रेमिकालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश कविप्रसाद न्यौपानेको इजलासले प्रेमी हत्याको आरोप लागेकी १९ वर्षीया युवतीलाई पुर्पक्षका लागि थुनामा पठाउने ओदेश दिएको हो । हत्याको आरोपमा पक्राउ परेका बुबालाई एक लाख धरौटीमा रिहा गरेको छ । यस्तै आमासहित बहिनी भाइ, दाइसहित छिमेकीलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको श्रेष्तेदार शिवप्रसाद पोखरेलले बताए ।

गएको जेठ ३० गते भगाउन भन्दै युवतीको घर पुगेका बेला ती युवतीले यानबहादुरको युवतीले घाँटी थिचेर हत्या गरेको प्रहरीले बताएको छ । हत्यापछि घटनालाई आत्महत्या बनाउन घरनजिकैका जंगलमा लगेर यानबहादुरको शव झुन्ड्याइएको पाइएको पनि प्रहरीको भनाइ छ । प्रहरीले युवतीसहित ८ जनालाई कर्तव्य ज्यान मुद्दामा अदालतमा मुद्दा दायर गरेको थियो ।

 

  • ९ असार २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !