पोखराका प्रमुख आचार्य पर्यटन मन्त्रालयको विषयगत समितिमा

आजभोलि

काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिनुभएको छ । मन्त्रालयको नीतिगत छलफल हुने सो समितिमा उहाँ देशभरका ७५३ स्थानीय तहका तर्फबाट सदस्य तोकिनुभएको बताइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षता रहने समितिमा सातवटै प्रदेशका पर्यटनमन्त्री सदस्य रहने व्यवस्था छ । प्रमुख आचार्यलाई सङ्घ, प्रदेश र स्थानीय तह ९समन्वय तथा अन्तरसम्बन्ध० ऐन, २०७७ को दफा २२ को उपदफा ९१० ९ग० बमोजिमको स्थानीय तहतर्फको विषयगत समितिको सदस्य पदमा मन्त्रीस्तरीय निर्णयबाट यही साउन १ गते सदस्य तोकिएको हो ।

पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारीमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोखराका प्रमुख आचार्यलाई विषयगत समिति सदस्य तोक्नुले पर्यटकीय सहर पोखरालाई महत्व दिएको मानिएको छ ।

प्रमुख आचार्यले देशभरका स्थानीय तहमध्येबाट पोखरा महानगरको प्रमुखलाई नियुक्त गरिनुले पर्यटकीय सहर पोखरा र पोखरावासीको अपनत्व लिएकोे बताउनुभयो । उहाँले पर्यटन मन्त्रालय र मन्त्रीप्रति आभार प्रकट गर्दै पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गरिने विश्वाससमेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि निर्णय गरेर ताकेता गरिरहेका छौँ, सङ्घीय पर्यटनमन्त्रीज्यूले यसको प्रक्रिया आगाडि बढाएको र मन्त्रिपरिषद्मा लैजाने पनि जानकारी दिइसक्नुभएको छ, मन्त्रालयको विषयगत समितिमा पनि देशभरका स्थानीय तहमध्येबाट पोखरालाई प्राथमिकता दिनुले यहाँको पर्यटकीय महत्व उहाँले पक्कै बुझ्नुभएको छ भन्ने लाग्छ ।”

  • ६ श्रावण २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !