देशका सबै निर्वाचन क्षेत्रमा आज राप्रपाको कोणसभा

आजभोलि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (शनिबार) देशका सबै निर्वाचन क्षेत्रमा कोण सभा गर्दैछ । महँगी, बेरोजगारी, कुशासन र लम्पसारवादविरुद्ध भन्दै राप्रपाले देशभर कोणसभा गर्न लागेको पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

देशभरबाट पार्टीका सदस्य र नागरिकलाई कोणसभामा सहभागी हुन राप्रपाले आह्वान गरेको उनले जानकारी दिए । राप्रपाले सरकारले माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । पहिलो चरणको आन्दोलनका कार्यक्रम सकेर अहिले दोस्रो चरणको आन्दोलन गरिएको श्रेष्ठले बताएका छन् ।

काठमाडौंलगायत देशका विभिन्न ठाउँमा ‘थाल ठटाउने’ कार्यक्रम गर्दै राप्रपाले तेस्रो चरणको आन्दोलनको चेतावनी दिएको थियो । गत ५, ६ र ७ गते राजधानीमा बसेको राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले साउन महिनाभित्र राष्ट्रव्यापी विरोध कार्यक्रम र भदौमा जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

महँगी नियन्त्रण नहुँदा, किसानलाई मल उपलब्ध गराउन नसक्दा र करको दर परिवर्तन गरी सीमित व्यवसायीलाई फाइदा दिलाएको आरोप लगाउँदै राप्रपाले गठबन्धनको सरकार असफल भएको दाबी गरेको छ ।

  • १४ श्रावण २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !