श्रीमतीलाई भान्सेमा नियुक्ती गर्ने गाउँपालिका अध्यक्षको आलोचना

आजभोलि

अछाम । अछाममा एक गाउँपालिकाका अध्यक्षले आफ्नी श्रीमतीलाई भान्सेको जागिर दिलाएको खुले पछि उनको आलोचना भएको छ ।

रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले आफ्नी श्रीमती जयसरा साउँदलाई भान्सेको जागिर दिलाएको खुले पछि आलोचना भएको हो । अध्यक्ष साउँदको ठाडो निर्देशनमा उनीकी श्रीमती साउदलाई विज्ञापन बिना नै कार्यालय सहयोगीको कोटामा भान्से पदमा नियुक्त गरेका थिए ।

करार सेवा अन्तरगत १५ जेठ गतेदेखि लागू हुनेगरि १५ मंसिरसम्म (६ महिना) का लागि उनले सो नियुक्त गरेका थिए । जसअनुसार श्रीमती जयसराले ले गाउँपालिकावाट मासिक २१ हजार ३ सय तलव र वार्षिक १० हजार पोशाक भत्ता सेवा सुविधा पाउने छिन ।

करारमा गाउँपालिका अध्यक्ष साउँदले आफ्नै श्रीमतीलाई जागिर दिएको भन्दै आलोचना भइरहेको बिषयमा बुझदा प्रमुख प्रशासकिय अधिकृत रामबहादुर भण्डारीले पालिका अध्यक्षको निर्देशन अनुसार नै करारमा भान्से नियुक्त गर्न लगाएको जनाएका छन ।

श्रीमतीलाई जागिर दिलाएको बारेमा बुझन खोज्दा गाउँपालिकाका अध्यक्ष साउँदले भने प्रतिक्रिया दिन आनाकानी गरेका छन ।

  • १६ श्रावण २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !