मानवअधिकार सम्मान गर्न तालिबानलाई अमेरिकाको आग्रह

आजभोलि

काबुल।अमेरिकाले अफगानिस्तानलाई आतंकारीको सुरक्षित आश्रयस्थानमा परिणत नगर्ने प्रतिवद्धताहरूका लागि तालिबानलाई जवाफदेही बनाउने जनाएको छ । अफगानिस्तानका लागि अमेरिकी नियोगका प्रमुख इयान म्याककरीले यस्तो धारणा राखेका हुन् ।

‘दोहामा गत वर्ष, हामीले महत्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न तालिबानसँग वार्तालाई अगाडि बढाएका छौं । हामीले अमेरिकी नागरिक र अफगान जनतासँग संलग्न अन्यहरूलाई व्यापक कन्सुलर सेवाहरू प्रदान गरेका छौँ । हामी मद्दत गर्न सक्षम भएकोमा म खुसी छु’, एक ट्वीटमा उनले भनेका छन् ।

अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्न मानव अधिकारको सम्मान गर्न पनि उनले आग्रह गरे । १ अगस्टमा तालिबानले सत्तापलट गरेपछि मानव अधिकारको उल्लंघन गरेको अन्तर्राष्ट्रिय समुदायले गुनासो गर्दै आएका छन् ।

  • १६ श्रावण २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !