बङ्गलादेशमा जुलाईमा डेङ्गु सङ्क्रमणबाट नौ जनाको मृत्यु

आजभोलि

ढाका बङ्गलादेशमा जुलाई महिनामा डेङ्गुका एक हजार पाँच सय ७१ बिरामी भेटिएका स्वास्थ्य सेवा निर्देशनालय (डीजीएचएस) ले सोमबार जनाएको छ ।

उनीहरूमध्ये नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको निर्देशनालयका अनुसार जूनमा सात सय ३७ जनामा लामखुट्टेले सार्ने रोगबाट सङ्क्रमित भएकोमा जुलाईमा यसबाट दोब्बर अर्थात् एक हजार पाँच सय ७१ सङ्क्रमित भेटिएका छन् ।

तथ्याङ्कअनुसार स्थानीय यसवर्ष देशमा पुष्टि गरिएका डेङ्गु सङ्क्रमितको कूल सङ्ख्या दुई हजार सात सय ४७ पुगेको छ । निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “जुलाईमा नौ जनाको मृत्यु भएको छ भने जूनमा एक जनाको मात्र मृत्यु भएको थियो ।”

जून–सेप्टेम्बरसम्म अर्थात् मनसुन अवधि बङ्गलादेशमा डेङ्गु ज्वरोको मौसम हो । लामखुट्टेले सार्ने रोगहरूका लागि यो एक उच्च जोखिम राष्ट्र मानिन्छ । करिब १६ करोड ५० लाख जनसङ्ख्या रहेको यो देशमा विशेष गरी पर्याप्त मात्रामा जैविक सुरक्षा र रोग निगरानीको सावधानीको कमीका कारण डेङ्गुको समस्या धेरै देखिने गर्छ ।

  • १७ श्रावण २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !