श्रीलङ्काका सरकारी कार्यालयहरु पुनः शुक्रबार पनि खुला हुने

आजभोलि

कोलम्बो । श्रीलङ्काका सरकारी कार्यालयहरू अब शुक्रबार पनि खुला हुने भएका छन् ।

शुक्रबार पनि बिदा दिने यसअघिको निर्णय मन्त्रिपरिषद्ले मङ्गलबार रद्द गरेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । श्रीलङ्कामा इन्धनको अभावका कारण सरकारी कार्यालयको समयावधि छोट्याएको थियो ।

अहिले भने सार्वजनिक यातायात सेवा सामान्य अवस्थामा फर्किएकाले शुक्रबारको बिदा कायमै राख्नु औचित्यपूर्ण नहुने निष्कर्ष सहित शुक्रबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो ।

त्यसैगरी व्यावसायिक प्रतिष्ठान तथा बजार पनि बेलुका चाडै बन्द गर्नु पर्ने व्यवस्था गरिएको थियो ।

मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुनावार्डेनाले आगामी शुक्रबारदेखि नै यो निर्णय कार्यान्वयन हुने जानकारी दिए ।

श्रीलङ्कामा आर्थिक सङ्कट उत्पन्न भएपछि इन्धन खरिद गर्न नसकेर देशभरी इन्धन अभाव भएको थियो । इन्धन र आर्थिक सङ्कटका कारण राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ ।

  • १८ श्रावण २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !