सर्‍यो विश्वकप फुटबल

आजभोलि

काठमाडौं । अन्तत : कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सरेको छ । आगामी नोभेम्बरवाट कतारमा सुरु हुने फिफा विश्वकप फुटबल एक दिन अघि सरेको हो ।

जसमा आयोजक देश कतारले इक्वेडरसँग उद्घाटन खेल खेल्नेछ । यसअघिको तालिका अनुसार कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा अर्थात तेस्रो खेलको रुपमा खेलिने भनिएको थियो । जसले गर्दा पनि उदघाटन खेलमा नेदरल्याण्ड्स र सेनेगलबीचको विश्वकपको पहिलो उदघाटन खेल हुने तय भएको थियो ।

आयोजक राष्ट्रले विश्वकपको पहिलो खेल खेल्दै आएको चलनलाई निरन्तरता दिन विश्वकप एक दिन अगाडि सारिएको फिफाले जनाएको छ । कतार र इक्वेडरबीचको खेल अघिल्लो दिन अर्थात उदघाटनको दिनमा सारेपछि अब नोभेम्बर २१ मा भने तीन खेल मात्र हुनेछन । जसमा समूह ‘ए’ का नेदरल्याण्ड्स र सेनेगल तथा समूह ‘बी’ का इंग्ल्याण्ड र इरान तथा वेल्स र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ ।

उदघाटन खेल आयोजक राष्ट्रलाई दिनु पर्ने सो प्रस्तावसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पूर्वनिर्धारित विश्वकप एक दिन अगाडि सार्नका लागि केही दिन अघिवाट गृहकार्य सुरु गरेको थियो । साउथ अमेरिकन कन्फेडेरेसनको विशेष आग्रहमा विश्वकप एक दिन अगाडि सार्नका लागि तयारी थालिएको फिफाले त्यो बेला जनाएको थियो ।

सो प्रस्ताव निर्णयार्थ प्रस्तुत भई पारित भएसँगै उद्घाटन खेलमा अब आयोजक राष्ट्र कतारले इक्वेडरको सामना गर्नेछ। सो, खेल तालिका हेरफेरका लागि फिफा काउन्सिल ब्युरोबाट अनिवार्य रुपमा अनुमोदन गराउनु पर्ने नियम छ । जुन खेल तालिका हेरफेर गर्नका लागि भोटिङमा जानुपर्ने नियम पनि रहेको छ । जसअनुसार सो भोटिङमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोसहित ६ महादेशका अध्यक्षहरूले मतदान गरेका थिए, सो मतदानसँगै बिहिवार अबेर पारित गरिएको थियो । ​

कतार विश्वकप यसअघि नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म तय भएको थियो।

  • २७ श्रावण २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !