चीनले दिने ६० अर्बबारे कुरा भयो, चाँडै उपयोग योजना बनाउँछौं ः मन्त्री खड्का

आजभोलि

काठमाडौं । परराष्ट्रमन्त्री डा। नारायण खड्काले चीनले यसअघि दिने भनिएको ३।५ बलियन युआन ९करिब ६० अर्ब रुपैयाँ० को चाँडै उपयोगको योजना बनाइने बताएका छन् ।

तीन दिने चीन भ्रमण सकेर आज ९बिहीबार० साँझ त्रिभुवन विमानस्थलमा अवतरण गरेका परराष्ट्र मन्त्री डा। खड्काले चिनियाँ राष्ट्रपति सी चिनफिङ आउँदा दिने भनिएको उक्त रकम उपयोगको योजना बनाइने बताएका हुन् ।

‘विगतमा भएका सहमति र सम्झौतालाई गति दिन दुवै पक्ष तयार भएका छौँ’, उनले भने, ‘चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा घोषणा भएको ३।५ बिलियन चिनियाँ युआन सहयोग ९करिब ६० अर्ब० को उपयोगबारे रचनात्मक कुरा भएको छ ।’

खड्काले नेपालको चीनतिर बढ्दो व्यापार घाटा कम गर्ने विषयमा पनि कुरा राखेको जानकारी गराएका छन् । यस्तै भ्रमणका क्रममा सीमानाका कोभिड महामारी नियन्त्रण संयन्त्र स्थापना गर्ने सहमति पनि दुई पक्षबीच भएको खड्काले बताए ।

केरुङ(काठमाडौं रेलमार्गबारे छलफल परराष्ट्रमन्त्री नारायण खड्का चीनसँगको द्विपक्षीय बैठकमा विगतमा भएका उच्चस्तरीय भ्रमणमा भएका महत्त्वपूणर् समझदारीलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने विषयमा जोड दिएको उनले बताए । चिनियाँ विदेशमन्त्री वाङ यीले चीनको सहयोगमा नेपालमा सञ्चालित विकास आयोजनाहरूलाई समयमै सम्पन्न गर्ने विश्वास दिलाएको पनि उनले बताए ।

दुई देशबीच दोस्रो चरणको काठमाडौं रिङ रोड सुधार परियोजनाको कार्य यथाशीघ्र सुरु गर्ने सहमति भएको छ । साथै केरुङ(काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारको अनुदान सहायतामा गर्ने सहमति पनि भएको उनले बताए । यसका लागि यसै वर्ष भित्र चिनियाँ प्राविधिक टोली खटाउने कुरा भएको उनको भनाइ छ ।

उनकाअनुसार नेपालको नुरोधमा चिनियाँ पक्षले नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने र नेपाललाई उपयुक्त परिमाणमा रासायनिक मल उपलब्ध गराउने विषयमा सकारात्मक कुराकानी भएको छ । चिनियाँ पक्षले नेपालको कृषि क्षेत्रमा सहयोग गर्ने सहमति जनाएको छ ।

चिनियाँ समकक्षी वाङ यीसँगको भेटका क्रममा आफूले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिबद्धता रहेको बताएको उनले जानकारी दिए । नेपालको भूमि चीनको विरुद्धमा प्रयोग हुन नदिने कुरामा विश्वास दिलाएको उनको भनाइ छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले पनि नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता तथा भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निःशर्त समर्थन रहेको कुरा दोहोर्‍याएको उनले बताए । साथै वाङ यीले नेपालको विकासको प्रयासमा नेपाल सरकारको प्राथमिकताबमोजिम चीन सरकारको निरन्तर सहयोग रहने विश्वास दिलाएको खड्काले बताए । परराष्ट्रमन्त्री खड्का चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन २४ गते चीन गएका थिए ।

  • २७ श्रावण २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !