कांग्रेस सभापति देउवालाई उम्मेदवारी मनोनयनको अधिकार

आजभोलि

काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयनको अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ । बैठकले विधानको व्यवस्था बमोजिम प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीबाट उम्मेदवारी दर्ता गर्न सभापति देउवाले उम्मेदवारी मनोनयनको औपचारिक पत्र दिने निर्णय गरेको हो ।

केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकले पार्टीको विधानबमोजिम उम्मेदवारी मनोनयनको अधिकार सभापति देउवालाई दिएको हो । बैठकले निर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गर्न तल्ला तहका कार्यसमितिहरुलाई निर्देशन दिने निर्णयसमेत गरेको हो ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बैठकले आगामी निर्वाचनकालागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवारका आकांक्षीको नाम सिफारिस गर्न परिपत्र गर्ने निर्णय गरेको बताए । ‘हाम्रो विधानले तल्ला तहबाट उम्मेदवार सिफारिस गर्ने र संसदीय समितिले टुंगो लगाउने व्यवस्था गरेको छ ।

त्यहीअनुसार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ क–कसको आकांक्षा छ भन्ने कुरा तल्ला तहबाट सिफारिस गर्न बैठकले परिपत्र गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘अब कार्यालयले त्यहीअनुसार तल्ला तहलाई परिपत्र गर्ने छ ।’

मिश्रित निर्वाचन प्रणालीअनुसार नेपालमा ६० प्रतिशत प्रत्यक्षतर्फ निर्वाचित हुने र समानुपातिकतर्फ ४० प्रतिशत निर्वाचित हुने व्यवस्था छ । त्यहीअनुसार दलहरूले उम्मेदवारी दिनेछन् ।

 

  • २८ श्रावण २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !