कञ्चनपुरमा थपिए ९ हजार मतदाता

आजभोलि

कञ्चनपुर । कञ्चनपुरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि ९ हजारभन्दा बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार स्थानीय तहको निर्वाचनपछि संकलित मतदाता नामावली अनुसार ९ हजार ८ सय २८ मतदाता थपिएका हुन् । निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचनपश्चात् जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय त्रिभुवनबस्ती र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन गरेको थियो ।

सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषणाको अघिल्लो दिनसम्म ४ हजार ८ सय ६२ पुरुष र ४ हजार ९ सय ६६ महिलाको मतदाता नामावली संकलन भएको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले बताए । ‘अझै पनि धेरैको नामावली संकलन हुन सकेको छैन,’ जिल्ला निर्वाचन अधिकारी जोशीले भने । उनका अनुसार निर्वाचन घोषणालगत्तै मतदाता नामावली संकलनको काम सबै रोकिएको छ ।

स्थानीय तहको निर्वाचनमा कञ्चनपुरमा १ लाख ४३ हजार ३ सय ४१ पुरुष, १ लाख ५२ हजार १२ महिला र १ तेस्रो लिंगी गरी २ लाख ९५ हजार ३ सय ५४ मतदाता रहेका थिए । २ गाउँपालिका र ७ नगरपालिका रहेको कञ्चनपुरमा स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १ सय ३२ मतदान स्थल र ३ सय ४१ मतदान केन्द्र निर्धारण गरिएको थियो । २०७४ को निर्वाचनमा २ लाख ३५ हजार ७ सय ३५ मतदाता थिए ।

मतदाता नामावली संकलनको काम रोकिए पनि स्थानीय तहमा धेरै मतदाताको नामावली संकलन हुन नसकेको राजनीतिक दलका अगुवा तथा जनप्रतिनिधिहरूले बताएका छन् । मतदाता आफैं संकलन केन्द्रसम्म जान नसक्ने तथा ग्रामीण भेगका मतदाताहरू बढी मात्रामा छुटेको उनीहरू बताउँछन् । दोधारा चाँदनी नगर कार्यपालिकाका प्रवक्ता ओम बस्नेतले भने, ‘हरेक वडामा १५र२० जनाभन्दा बढीको नामावली संकलन हुन सकेको छैन ।’

राजनीतिक दलका नेता कार्यकर्ताले पनि अन्तिम अवस्थामा बेवास्ता गरेको र मतदाता स्वयम्ले पनि सोधीखोजी नगरेका कारण छुटेको उनले बताए । स्थानीय तहको निर्वाचनअघि निर्वाचन कार्यालयले हरेक पालिकाबाट समेत मतदाता नामावली संकलन गरेको थियो । हरेक पालिकाको केन्द्रमा लामो समयसम्म नामावली संकलन हुँदासमेत धेरै मतदाता छुटेका थिए ।

तर यस पटक पालिकामा मतदाता नामावली संकलन हुन सकेन । स्थानीय तहको निर्वाचनमा धेरै मतदाता छुटेको गुनासो आएको कृष्णपुर नगरपालिकामा भने यस पटक छिटपुट मात्रै छुटेको हुन सक्ने नगरप्रमुख हेमराज ओझा बताउँछन् । उनले निर्वाचन कार्यालयसँग केही दिन पालिकाबाटै नामावली संकलनका लागि आग्रह गरिएको भए पनि यस पटक कार्यक्रम नभएर हुन नसकेको बताए । ‘हामीले पालिकाबाटै नामावली संकलनका लागि आग्रह गरेका हौं,’ उनले भने, ‘खर्चको व्यवस्थापन नगरपालिकाले गर्छ पनि भन्यौं, तर निर्वाचन कार्यालयले हुन नसक्ने बतायो ।’

उनका अनुसार कृष्णपुर नगरपालिकाका धेरै मतदाताले कैलालीको धनगढी पुगेरसमेत नामावली संकलन गरेको बताए । अझै पनि केही मतदाताहरू छुटेको हुन सक्ने उनले बताए । राजनीतिक दलहरूले सवारीसाधनको व्यवस्था गरेर संकलन केन्द्रसम्म पुर्‍याउने व्यवस्था गर्दासमेत केही मतदाता छुटेको उनले बताए ।

 

  • २८ श्रावण २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !