कंगोमा भागदौड हुँदा ११ जनाको मृत्यु

आजभोलि

किन्सासा । दक्षिण कोरियामा भागदौडमा १५० भन्दा बढी मानिसको मृत्युका कारण विश्व समुदाय स्तब्ध भइरहेका बेला यस्तै घटना प्रजातान्त्रिक गणतन्त्र कंगोमा दोहोरिएको छ । राजधानी सहर किन्सासाको एउटा रंगशालामा भएको एउटा कन्सर्टमा भागदौड हुँदा २ प्रहरी अधिकारीसहित ११ जनाको मृत्यु भएको छ । ८० हजार दर्शक क्षमता भएको शहिद रंगशालामा उक्त घटना भएको गृहमन्त्री डेनियल एस्लो ओकिटोले बताए । ‘दुुई प्रहरीसहित ११ जनाको मृत्यु भएको छ’, गृहमन्त्री ओकिटोले भने । क्षमताभन्दा बढी दशर्कका कारण उक्त दुुर्घटना भएको जनाइएको छ ।

‘आयोजकहरुले क्षमताभन्दा शतप्रतिशत दर्शक राखेको पाइएको छ । उनीहरुलाई सजाय दिनुुपर्छ’, ओकिटोले भने । अक्टोबरमा रंगशालामा भागदौड भएको यो दोस्रो घटना हो । यसै महिनाको सुुरुमा इन्डोनेसियाको जाभा प्रान्तमा भागदौड हुँदा १२५ जनाको मृत्यु हुनुका साथै केही घाइते भएका थिए ।

  • १४ कार्तिक २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !