विश्वप्रकाश शर्माद्वारा गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान थाल्न उद्घोष

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्व्प्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई प्रधानमन्त्री बनाउन अभियान शुरु गर्ने उद्घोष गरेका छन् ।

झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि काठमाडौँ आएका शर्मा विमानस्थलबाट सिधै थापा निवास पुगेर बधाई दिदै प्रधानमन्त्री बनाउने अभियान शुरु गर्ने बताएका हुन् ।

भेटपछि उनले भने,‘‘महामन्त्री गगन थापालाई बधाई दिन आएको भनेको काठमाडौँ ४ बाट निर्वाचित हुनुभयो तपाई सांसद बन्नुभयो भनेर बधाई दिन आएको होइन । अब, प्रधानमन्त्री पदको लागि नेतृत्व गर्ने ढंगले अगाडी बढ्नुस् भन्नका लागि म आएको हो । त्यो भन्ने कुरा मात्रै होइन त्यस विषयको अभियानलाई सुरु गर्नलाई पनि म आएको हो ।’

महामन्त्री शर्माले थापालाई संसदीय दलको नेता बनाउन सबै सांसदहरुसँगै दलका शिर्ष नेताहरुसँग समेत छलफल गर्ने बताए । उनले गगन थापालाई संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको समर्थन जुटाउनु आफ्नो जिम्मेवारी र कर्तव्य भएको समेत बताएका छन्।

  • १४ मंसिर २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !