सोनाम ल्होछार उत्सवको रुपमा मनाइने

आजभोलि

लमजुङ । नेपाल तामाङ घेदुङ, जिल्ला समन्वय समिति, लमजुङले यस वर्षको सोनाम ल्होछार भव्यताका साथ मनाउने निर्णय गरेकाे छ । पत्रकार सम्मेलनमार्फत समितिले २८५८औं सोनाम ल्होछार (तक ल्हो) भव्यताका साथ मनाउने निर्णय गरेको जनाएकाे हाे ।

यहि ३० पुस फुलबारी मञ्चमा सोनाम ल्होछार मनाउने गरी प्रस्तावित कार्यक्रम प्रस्तुत गरिएको थियो । लमजुङ जिल्लामा रहेका जनजातिमध्ये दोश्रो स्थानमा रहेका तामाङ जातिको भाषा, धर्म, लिपि, मौलिक संस्कार र संस्कृतिको संरक्षण र सम्वर्धन गर्ने उदेश्यले कार्यक्रम आयोजना गर्न लागिएको हाे ।

कार्यक्रममा तामाङ जातिको परम्परागत भेषभूषा, बाजागाजा, वोम्बो, लम्ब, लामा, गन्बा आदिको प्रदर्शनी समेत गरिनेछ । यसैगरी, कला, संस्कृति, साहित्य, गीत संगीतको जगेर्ना गर्न समेत कार्यक्रमले सहयोग पुग्ने आयोजकले लक्ष्य लिएको छ ।

बेँसीशहरको फुलबारी मञ्चमा गर्न लागिएको कार्यक्रमलाई जिल्लाका उद्योगी, व्यापारी, व्यवसायी, विद्यार्थी, शिक्षक, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि र अनुसन्धानकर्ता एवं स्थानीय र छिमेकी जिल्लाका आमनागरिकले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।

२५ हजार दर्शकले उक्त उत्सव अवलोकन गर्ने लक्ष्य राखेकाे आयोजकले जनाएको छ ।

  • १८ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !