अनुप स्मृति गोल्डकपको क्वाटर फाइनल यात्रा पुरा

आजभोलि

खोटाङ । खोटाङको दिक्तेलमा जारी सर्वाधिक राशीको अनुप स्मृति गोल्डकपको क्वाटर फाइनल यात्रा पुरा भएको छ । २०६९ जेठ १ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको स्मृतिमा पुस १७ गतेदेखि जारी गोल्डकपले बुधबार क्वाटर फाइनल पार गरेको हो ।

बुधबार भएको क्वाटर फाइनल खेलमा खोटाङको नेर्पा स्पोर्टस क्लव नेर्पा र आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) सेमिफाइनल प्रवेश गरेका छन् । यसअघि मानेभन्ञ्याङ स्पोर्टस क्लव ओखलढुंगा र चियावारी फुटवल क्लव इलाम सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

माटिकोरे खेलमैदानमा जारी क्वाटर फाइनल खेलमा मितेरी युवा क्लव मोरङलाई २–० गोल अन्तरले हराउदै आयोजक (डिएफसी)ले सेमिफाईनलको यात्रा तय गरेको हो । यस्तै, साकेला गाउँपालिका (खोटाङ)लाई ४–० गोल अन्तरले हराउँदै नेर्पा स्पोर्टस क्लवले सेमिफाइनल यात्रा तय गरेको आयोजकले जनाएको छ । सेमिफाइनलको पहिलो खेल बिहिबार दिउँसो १ बजे चियावारी फुटवल क्लव र नेर्पा स्पोर्टस क्लवबीच हुनेछ ।

दोश्रो खेल आयोजक (डिएफसी) र मानेभन्ञ्याङ स्पोर्टस क्लवबीच हुने छ । माउण्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी(केएफए)को सह–आयोजनामा जारी प्रतियोगीताको फाइनल खेल पुस २३ गते हुने जनाइएको छ ।

प्रतियोगिताको विजेताले दुई लाख ५१ हजार, उपविजेताले एक लाख ११ हजार र दुई सेमिफाइनलिष्ट टिमले २५/२५ हजार सहित कप, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट टिम प्रशिक्षकले नगद पाँच हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् । अनुशासित टिमले नगद पाँच हजार ५५५ का साथमा ट्रफी र प्रमाण–पत्र पाउनेछन् । मेन अफ द टुर्नामेन्ट र सर्वाधिक गोलकर्ताले नगद सात हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

२०७३ चैत २३ गतेदेखि २७ सम्म अनुप स्मृति गोल्डकपको पहिलो र २०७५ बैशाख २६ गतेदेखि ३१ गतेसम्म दोश्रो संस्करण आयोजना गरिएको थियो । पहिलो र दोश्रो संस्करण प्रत्येक वर्ष गरिए पनि कोभिड–१९ को महामारीका कारण तेश्रो संस्करण पछाडि धकेलिएको थियो । अनुप स्मृति गोल्डकपलाई तेश्रो संस्करणबाट आमन्त्रित गोल्डकपमा परिणत गरिएको हो ।

अनुप स्मृति गोल्डकपलाई क्रमशः राष्ट्रव्यापी बनाउँदै ‘ए’ र ‘बि’ डिभिजन लिगका खेलाडीलाई स्थानीय मैदानमा उतार्ने आयोजकको लक्ष्य छ । दृर्घटनामा ज्यान गुमाएका छात्रको सम्झना र खेल र खेलाडीको व्यवसायीक बृत्तिकालागि गोल्ड कपको अवधारणा अघि सारिएको मूल आयोजक समिति मूल आयोजक समिति संयोजक सागर जोशीले बताए ।

  • २० पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !