प्रदेश १ का उत्कृष्ट सामुदायिक विद्यालयलाई सम्मान

आजभोलि

मोरङ । १ नम्बर प्रदेशका २७ वटा सामुदायिक विद्यालयहरूले (सूचक) पूरा गरेका छन् ।

५ हजारभन्दा बढी सामुदायिक विद्यालय रहेको प्रदेशमा १४ वटा मावि र १३ वटा आधारभूत विद्यालयले तोकिएको मापदण्ड पूरा गरेका हुन् ।

उत्कृष्ट विद्यालयमा मोरङबाट विराटनगर–३ मा रहेको पोखरीया मावि, ताप्लेजुङको फुङलिङ नगरपालिका–४ को भानुजन मावि, पाँचथरको फिदिम नगरपालिका–१ को फिदिम मावि, इलामको देउमाइ नगरपालिका–४ मा रहेको भानुभक्त मावि उत्कृष्ट विद्यालय घोषित भएका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका–९ मा रहेको जनता मावि, धनकुटाको सागुरीगढी गाउँपालिका–५ मा रहेको भानु मावि, तेह्रथुमको लालीगुराँस नगरपालिका–२ वसन्तपुरमा रहेको वसन्त मावि, भोजपुरको साल्पासिलिछो गाउँपालिका–१ मा रहेको वीरेन्द्र मावि, संखुवासभाको खाँदवारी नगरपालिका–९ मा रहेको मनकामना रत्न अम्बिका मावि, सोलुखुम्बुको सल्यान गाउँपालिका–४ मा रहेको केदार मावि, ओखलढुंगाको मोलुङ गाउँपालिका–२ मा रहेको बरुणेश्वर मावि, खोटाङको जनजागृति मावि र उदयपुरको चौदण्डीगढी नगरपालिका–९ मा रहेको जनता मावि उत्कृष्ट विद्यालयमा सूचीकृत भएका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आधारभूत विद्यालयतर्फ मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा रहेको रवि आधारभूत विद्यालय उत्कृष्ट विद्यालयमा परेको छ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ मा रहेको हिमालय आवि, पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ मा रहेको त्रिभुवन आवि, इलामको सूर्याेदय नगरपालिका–११ मा रहेको भवानी आवि, झापाको हल्दीवारीमा गाउँपालिका–३ मा रहेको गरमकाली आवि उत्कृष्ट भएका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा रहेको जलदेवी आवि, धनकुटाको चौबिसे गाउँपालिका–३ मा रहेको जनकल्याण आवि, तेह्रथुमको म्याङ्लुङ नगरपालिका–६ मा रहेको सरस्वती आवि, भोजपुरको भोजपुर नगरपालिका–७ मा रहेको जनसेवा आवि, संखुवासभाको खाँदवारी नगरपालिका–३ मा रहेको लक्ष्मी आवि, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ मा रहेको वासुकी आवि, खोटाङको दिरुम नगरपालिका–१० मा रहेको जाल्पा आवि र उदयपुरको त्रियुगा नगरपालिका–१३ मा रहेको जनप्रेमी आवि स्कूल उत्कृष्ट विद्यालयमा परेका छन् ।

उत्कृष्ट भएका २७ वटा विद्यालयलाई प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ । सामाजिक विकास मन्त्रालयले विराटनगरमा बुधवार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट हुने माविलाई १४÷१४ लाख र आधारभूत विद्यालयहरूलाई प्रतिविद्यालय ७ लाख ५० हजार रुपैयाँका दरले प्रोत्साहन रकम दिएको छ ।

सम्मानित गरिएका विद्यालयहरूका प्रधानाध्यापकलाई १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राई, सामाजिक विकास मन्त्री राजन राई, राज्यमन्त्री विष्णु तुम्बाहाम्फे लगायतले नगद, शिल्ड र प्रमाणपत्र दिएका थिए ।

१४ जिल्ला रहेको प्रदेशमा ५ हजार १३१ वटा सामुदायिक विद्यालयहरू छन् । प्रदेश १ सरकारले बनाएको मापदण्ड (सूचक) पूरा गर्ने विद्यालय २७ वटा मात्र रहेका सामाजिक विकास मन्त्रालयका सचिव बासुदेव दाहालले बताए ।

  • २० पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !