ब्रेकअपपछि घरनजिकै बोलाएर पूर्वप्रेमिकालाई छुरा प्रहार

आजभोलि

नयाँ दिल्ली । ब्रेकअप भएको केही दिनपछि दिल्लीका एक पुरुषले पूर्वप्रेमिकालाई छुरा प्रहार गरेका छन् । एक २१ वर्षीया महिलालाई सोमबार उत्तर दिल्लीमा उनका पूर्वप्रेमीले शरिरका विभिन्न स्थानमा छुरा प्रहार गरेका दिल्ली प्रहरीले जनाएको छ । ती महिलाको राष्ट्रिय राजधानीको जगजीवन राम अस्पतालमा उपचार भइरहेको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

दिल्ली विश्वविद्यालयकी छात्रा समेत रहेकी पूर्वप्रेमिकले झगडा गरेर बोलचाल बन्द गरेपछि २२ वर्षीय सुखविन्दर आक्रोशित भएका थिए । उनीहरु पाँच वर्षदेखि सम्बन्धमा थिए ।

उनले ती महिलालाई सोमबार दिउँसो दिल्लीको आदर्श नगरमा उनको घर नजिक बोलाएर धेरै स्थानमा छुरा प्रहार गरेका अधिकारीहरूले बताए । उक्त घटना सीसीटीभी क्यामेरामा कैद भएको थियो ।

भिडियोमा ती जोडी आवासीय क्षेत्रको लेनमा हिँडिरहेको र एकअर्कासँग कुरा गरिरहेको देखाइएको छ । छोटो कुराकानीपछि, सुखविन्दरले युवतीलाई धेरै पटक छुरा प्रहार गरेको देखिन्छ ।

  • २१ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !