सुदूरपश्चिम विश्वविद्यालय : विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

आजभोलि

दोधारा चाँदनी । विश्वविद्यालयको विज्ञान प्रविधि, इन्जिनीयरिङ र कृषि विज्ञानतर्फ हाल १ हजार २३० विद्यार्थी अध्ययनरत छन् ।

विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टका अनुसार पछिल्लो समय प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ । उनका अनुसार शैक्षिकसत्र २०७७/७८ मा प्राविधिकतर्फ ८८६ विद्यार्थी मात्रै भर्ना भएकोमा २०७८/७९ मा १ हजार २३० विद्यार्थी भर्ना भएका थिए ।

यसैगरी शैक्षिकसत्र २०७६/७७ मा ६७१ विद्यार्थी भर्ना भएका थिए । पछिल्ला शैक्षिक सत्रमा प्राविधिक विषय बढ्ने विद्यार्थीको संख्या बढ्दै गएको सूचना अधिकारी विष्टले बताए ।

‘सबै संकायमा सुदूरपश्चिम विश्वविद्यालयमा हरेक वर्ष विद्यार्थीको संख्या बढ्दै गएको छ, विशेषगरी प्राविधिक विषय पढ्न आउने धेरै छन्,’ उनले भने, ‘अहिले विश्वविद्यालयमा १७ हजार २३८ विद्यार्थी अध्ययनरत छन् ।’

सुदूरपश्चिम विश्वविद्यालय आङ्गिक क्याम्पसका हिसाबले नेपालको दोस्रो ठूलो विश्वविद्यालय हो । हाल सुदूरपश्चिमका १६ आङ्गिक क्याम्पस यसमा आवद्ध छन् । विश्वविद्यालयका उपकूलपति अम्मराज जोशीले विद्यार्थीको चाप बढेको बताए । उनका अनुसार विज्ञान प्रविधि, इन्जिनीयरिङ, कृषि विज्ञान, व्यवस्थापन र कानून संकायमा विद्यार्थीको अत्यधिक चाप छ ।

‘विज्ञान, कृषि प्रविधि, इन्जिनीयरिङ र व्यवस्थापन संकायमा निश्चित विद्यार्धी मात्रै भर्ना लिन्र्छौं, व्यवस्थापनमा ९० र विज्ञान÷कृषि प्रविधिमा ११० जनालाई मात्र भर्ना गर्छाैं,’ उनले भने, ‘यी विषयमा भर्ना हुनका लागि हरेक वर्ष ४००–५०० विद्यार्थीले आवेदन दिने गरेका छन् ।’

आवेदन दिएका विद्यार्थीमध्ये प्रवेश परीक्षामा छनोटमा पर्ने विद्यार्थीले मात्रै अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ ।

गत शैक्षिक सत्रदेखि विश्वविद्यालयले कानून संकाय समेत सञ्चालन गरेपछि कानूनतर्फ विद्यार्थीको चाप बढेको छ । ‘कैलाली र केन्द्रीय क्याम्पस महेन्द्रनगरमा विद्यार्थीको बढी चाप छ,’ उपकूलपति जोशीले भने, ‘विद्यार्थीले रोजगारीको सुनिश्चितता खोज्ने भएकाले पनि प्राविधिक विषय पढ्नेको संख्या बढेको हो ।’

हाल विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र संकायमा ३ हजार ६५२, शिक्षाशास्त्र संकायमा ५ हजार ८०६, व्यवस्थापन संकायमा ६ हजार ३१८, विज्ञान प्रविधितर्फ ५००, इन्जिनीयरिङतर्फ ३२७, कृषि विज्ञानतर्फ ४०३ र कानून संकायमा २३२ गरी जम्मा १७ हजार २३८ विद्यार्थी अध्ययनरत छन् ।

सुदूरपश्चिम विश्वविद्यालय उपप्राध्यापक दीपकचन्द्र भट्टले पछिल्ला शैक्षिकसत्रमा विश्विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गएको बताए । ‘प्राविधिक शिक्षाको माग बढी भएकाले यो वियषतर्फ विद्यार्थी आकर्षित हुने गरेका छन्,’ उनले भने, ‘विश्वविद्यालयमा विषय विज्ञ थपिँदै जानु र विश्वविद्यालयप्रतिको जनविश्वास बढ्नुले पनि हरेक वर्ष विद्यार्थीको चाप बढिरहेको छ ।’

विक्रम संवत् २०६७ सालमा नेपाल सरकारको लगानीमा सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भए पनि २०६९ सालमा महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा समायोजन गरी शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालयले हाल प्रदेशका ९ वटा जिल्लामा १५ क्याम्पसबाट उच्च शिक्षा प्रदान गर्दै आएको छ ।

स्नातक तहमा २२ र स्नाकोत्तर तहमा १० शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । गत शैक्षिकसत्रदेखि स्वास्थ्य विज्ञान संकाय तथा कानून संकाय पनि सञ्चालनमा ल्याएको छ । त्यसैगरी मानविकी तथा समाजिकशास्त्र तथा व्यवस्थापन संकायमा एमफिल र पीएचडी कार्यक्रममा विश्वविद्यालयमा सञ्चालनमा छ ।

  • २२ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !