पत्रकारसँग किन डेट गर्नु हुँदैन ? यस्तो छ कारण हेर्नुस्

आजभोलि

पत्रकारितालाई समाजमा आकर्षित र सम्मानित पेसाको रूपमा लिइन्छ। मानिसलाई सचेत र सजग बनाउने पत्रकार शब्द नै  काफी छ। राजनीतिज्ञ, कूटनैतिज्ञ, कर्मचारी र व्यापारीहरू सधैं पत्रकारको घेराभित्र हुन्छन्। पत्रकारहरूले खबरदारी गरिरहँदा उनीहरू मौन हुन्छन्।

पत्रकार भन्ने बितिकै सबैको दिमागमा उब्जिने पहिलो प्रश्न हो–  स्वच्छ छवि, एक जिज्ञासु, दृढ र साहसी व्यक्ति। पत्रकारहरू यस्ता हुन्छन् जो तथ्यहरू नभेटेसम्म सुत्दैनन्। खैर, त्यो छवि प्रायः सही छ, हामी जिज्ञासु प्राणीहरू हौं, जो कथाको हरेक पक्ष थाहा नभएसम्म आराम गर्न सक्दैनौं। र, ठ्याक्कै यही कारणले गर्दा तपाईंले पत्रकारलाई डेट गर्नुअघि गम्भीर भएर पटकपटक सोच्नुपर्छ।

प्रायः पत्रकार जिज्ञासु हुन्छन्। धेरै कुराको ख्याल राख्छन्। समाजलाई मसिनो गरी नियाल्छन्। इमान्दारपूर्वक भन्दा उनीहरूको आँखा सधैं सतर्क हुनु स्वभाविक हो।

कतिपय कारणले पत्रकारहरू राम्रो साथी बन्न सक्छन्। तर, सोच्नुपर्ने कारण धेरै छन्, किनकी तिनीहरू तपाईंको निरपेक्ष दुःख पनि हुन् सक्छन्। उनीहरूसँग साथी बन्नुअघि धेरै सोच, विचार र सचेतना अपनाउनुपर्ने अध्ययनले देखाएको छ। धेरै कारणहरूमध्ये केही कारण तल प्रस्तुत छ–

सामाजिक प्राणीः पत्रकारहरूले कथाको गन्ध पाएसँगै जो–कोहीसँग पनि नजिक भइदिन्छन्। त्यसैले डेट–नाइट कहिल्यै बोरिङ सिट (डाउन डिनर) हुन सक्दैन। पत्रकारसँग पार्टनर हुनुअघि अप्रत्याशित मार्गहरू र जुनसुकै साहसिक कार्यहरूको लागि तयार हुनपर्छ।

कहिल्यै जित्न सकिँदैनः पत्रकारहरू जहाँ हुँदापनि धेरै कुराहरू जान्ने प्रयत्न गरिरहन्छन्। तिमीले ऊ भन्दा बढी कहिल्यै थाहा पाउँदैनौँ। र, यदि तपाईं आफ्नो तथ्य जाँच नगरी उनीहरूसँग वहस गर्न थाल्नुभयो भने जित्न सक्नुहुन्न।

हार मान्दैनन्ः कतै झुटको गन्ध आइरहेको छ भने उसले फोन कलको डेटेल (विवरण) र समाजिक सञ्जाल जाँच गर्न सक्छ। कुराकानी सुन्न र तपाईंको ल्यापटप पनि कब्जामा लिन सक्छ। जब यो सत्य पत्ता लाग्छ उसले कुनै हालतमा छोड्दैन।

तपाईंको समाचार बन्न सक्छः अघिल्लो बिहानको झगडा वा तपाईंको कष्टपूर्ण बानीले सजिलै उनीहरूको कथाहरूमा आफ्नो बाटो फेला पार्न सक्छ। त्यसैले होसियार हुनुपर्छ। थाहै हुँदैन कहिले कुन दिन तपाईंको कथा पत्रिका वा अनलाइनमा आउने हो।

व्याकरण सुधार गर्न कहिल्यै छोड्ने छैनः तपाईंले उसलाई द्रूत पाठ टाइप गर्दा शब्दहरूबाट टाढा रहनुहोस्। तपाईंंको खराब व्याकरण त्रृटी तुरून्त पत्ता लगाउँछ।

प्रमाण जुटाउनमा माहिरः यदि तपाईंंको केही तलमाथि गर्ने बानी छ भने, होसियार। पत्रकारले अनुमान मात्र गर्दैनन् प्रमाण ’बटुल्छ’ र त्यसपछि तपाईं सामना गर्नपर्नेछ। केही गल्ति या अपराधलाई ऊ बाट लुकाउन गाह्रो हुनेछ।

झुट पहिचान गर्न माहिरः पत्रकारले तथ्यहरू पत्ता लगाउने काम दिनको आठ घण्टा या कहिलेकाहीँ बढी पनि काम गर्छ। तपाईंलाई कहाँ गएको र के गर्दै थियो भनेर सोध्दा इमान्दार नभए पक्राउ खानुपर्छ।

उनीहरू वास्तविकता सम्झिन्छन्ः पत्रकारलाई पछिल्लो मिति वा घटना सबै कुरा सम्झना हुन्छ। किनकि उसलाई त्यसैको लागि तलब भुक्तान गरिएको हुन्छ। उनको वैकल्पिक क्यारियर एक जासुस पनि हो। उसँग झगडा गर्नुअघि १० पटक सोच्नपर्दछ।

जोखिम मोल्ने आँट हुन्छः उनीहरू साहसिक कार्यलाई माया गर्छन् र लामो समयसम्म कथाको पर्दाफास नगरी विश्राम लिँदैनन्। पत्रकारको पेसा जोखिपूर्ण हुन्छ, कहिले के हुन्छ भन्ने कुरामा सदैव सजग रहनुपर्छ।

सबैभन्दा पहिला रिपोर्टर होः पत्रकार सबै भन्दा पहिला रिपोर्टर हो। त्यसैले उबाट टाढा रहनु र उनलाई परिवर्तन गर्न प्रयास नगरेकै राम्रो। किनकि काममा उनको दिन कहिल्यै समाप्त हुँदैन।

सामाजिक सञ्जालको लतः उनीहरू मध्यरातमा पनि फेसबुक, ट्विटर र इन्स्टाग्रामजस्ता समाजिक सञ्जाल हेर्दै पल्टिन्छन्। पत्रकारहरूको एउटा अंश हो, सामाजिक सञ्जाल। दिनभरि काममै व्यस्त हुँदा फुर्सदमा सामाजिक सञ्जालमै घोतल्लिन्छन्।

समय र आर्थिक अभावः कामको प्रकृतिले पत्रकारिता सधै व्यस्त पेशा हो। कुन बेला कुन समाचार ब्रेक गर्नुपर्छ थाहा नै हुँदैन। त्यसो हुँदा उनीहरू पार्टनरसँग धेरै समय नरहन सक्छन्। कामको चाप भएपनि धेरै सञ्चार गृहले पत्रकारलाई उचित परिश्रामिक र समयमा तलव भुक्तान नगरेको कुराहरू सुनिन्छ। त्यसैले उनीहरूलाई सधैंं आर्थिक अभाव झेल्न पर्दछ।

सेक्सभन्दा ठूलो समयसीमाः पत्रकारलाई कामको डेडलाइन निकै महत्वपूर्ण हुन्छ। यो समिकरण कहिल्यै परिवर्तन हुँदैन। कामप्रति उनीहरूको लगाव, समयसीमा र समाचार उनीहरूको लागि जहिल्यै अगाडि हुन्छ। उनीहरूलाई सेक्सको लागि समय पर्याप्त नहुन सक्छ। एजेन्सी

  • २४ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !