सार्वजनिक बिदाका दिन चलेका १५ सरकारी गाडी नियन्त्रणमा

आजभोलि

कपिलवस्तु । कपिलवस्तुमा सार्वजनिक बिदाका दिन सरकारी नम्बर प्लेटका गाडी सञ्चालन गरेको पाइएपछि प्रहरीले १५ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। सार्वजनिक बिदाका दिन अनुमतिबिना (पासबिना) सरकारी सवारीसाधन सञ्चालन गर्न नपाउने नियम छ।

बुधबार सार्वजनिक विदाको दिन प्रशासनको अनुमतिबिना सञ्चालन भएका दुई र चार पाङ्ग्रे गरी १५ वटा साधनलाई प्रहरीले होल्डमा राखी अबदेखि आवश्यक परे पास लिएर मात्रै चलाउने गरी छाडिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

गोरुसिङ्गेस्थित कार्यालय र अस्थायी पोष्ट पिपराले १३ ओटा जिप र २ मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र तिमिल्सिनाले बताए । नियन्त्रणमा पर्नेमा  बाणगंगा नगरपालिका, कृष्णनगर नगरपालिका, रोल्पा नगरपालिका, टीकापुर नगरपालिका, कञ्चनपुर नगरपालिका, शितगंगा नगरपालिका र हुलाकी राजमार्ग कार्यालय लगायतको सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारि धर्मेन्द्र कुमार मिश्रको आदेश पछि साँझ ५ बजे ती सवारी साधन छाडिएको ट्राफिक प्रहरी पोष्ट पिपराका प्रहरी नायव निरीक्षक नीरज गौतमले बताए ।  राजधनीबाट

 

  • २८ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !