गोदावरी धाममा स्नान र पूजा गर्नेको भीड

आजभोलि

अत्तरिया । मकर सङ्क्रान्तिका अवसरमा सुदूरपश्चिमको मुख्य तीर्थस्थल गोदावरी धाममा स्नान गर्नेको भीड लागेको छ ।

कैलालीको गोदावरी नगरपालिका–४ स्थित उक्त धाममा गएरातिदेखि नै हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन स्नान गर्न पुगेका हुन् । स्नानका लागि कुण्ड बनाइएको छ । उक्त धाममा आजैदेखि बाह्रराशि दर्शन मकरमेला पनि सुरु भएको छ । मकर सङ्क्रान्तिका दिन गोदावरी नदीमा स्नान गरेमा सम्पूर्ण पापबाट मुक्त भई पुण्य प्राप्त हुने जनविश्वास छ । सप्त गोदावरीमध्येको प्राचीन गोदावरीका रुपमा रहेको यो धाममा भगवान् श्रीकृष्णले स्नान गरेको जनविश्वास छ ।

मेला भर्न सुदूरपश्चिमका जिल्लालगायत भारतबाट भक्तजन गोदावरी आइपुगेका छन् । मकर सङ्क्रन्तिको अवसरमा गोदावरीमा बाह्र राशि दर्शन मकर मेला पनि आयोजना गरिएको छ । मेला माघ १२ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

भक्तजनको सुविधाका लागि गोदावरी नगरपालिकाले आज एक दिनका लागि निःशुल्क बसको व्यवस्था गरेको र मेला अवधिका लागि सहायता कक्ष स्थापना गरेकोे छ ।

  • १ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !