किसानलाई तरकारी सङ्कलन केन्द्रबाट लाभ

आजभोलि

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकामा तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको छ । वडा नं २ मा स्थापित उक्त केन्द्रबाट तरकारीलगायत कृषिजन्य उत्पादन सङ्कलन तथा बिक्री गर्न सहज हुने भएको छ । सो केन्द्र स्थापनाले तरकारी खेतीमा सम्लग्न तीन सयभन्दा बढी किसान लाभान्वित भएका छन् ।

केन्द्र व्यवस्थापन तथा सञ्चालनका लागि स्थानीय अगुवा किसान जोगबहादुर मडैको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको वडाध्यक्ष प्रमोद मल्लले जानकारी दिए ।

अहिलेसम्म स्थानीय उत्पादनले बजार नपाउँदा समस्या भएको थियो । थोरै मात्रामा उत्पादन गर्ने किसानलाई बजारसम्म आउन खर्चले नपुग्ने हुँदै आएकामा सङ्कलन केन्द्रमार्फत जाँदा पैसा पनि बचत हुने समय पनि खेर नजाने समूहका अध्यक्ष मडैले जानकारी दिए ।

आलिताल–२ को बाँझो जमिन सदुपयोग गरी नगदेबाली, दलहनबाली, बेमौसमी तरकारी खेती, फलफूल खेती, र मसला खेतीलाई व्यावसायिकरुपमा अगाडि बढाउने र स्वरोजगार सिर्जना गरी सो वडालाई हरियालीसहित कृषि क्रान्तितिर लैजाने योजनाका साथ सङ्कलन केन्द्र स्थापना गरिएको वडाध्यक्ष मल्लले जानकारी दिए ।

तरकारी सङ्कलन केन्द्र नहुँदा विगतमा तरकारी उत्पादनमा सम्लग्न किसानले सास्ती खेप्दै आएका थिए । सङ्कलन केन्द्र स्थापनासँगै तरकारी बजारमा पु¥याएर बिक्री गर्न सहज हुनाका साथै कैलालीको धनगढीदेखि कोहरपुरसम्म तरकारी पु¥याउन सकिने विश्वास गरिएको छ । बजार सहजभएपछि हर्षित यहाँका किसान तरकारी उत्पादनमा हौसिएका छन् । वडाभित्र रहेको अन्य बाँझो जमिन पनि सदपयोग हुने जनाइएको छ

  • ८ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !