डा. शेखर कोइराला पक्ष बैठक: ‘सरकारलाई दिएको विश्वासको मत तत्काल फिर्ता लिनुपर्छ’

आजभोलि

काठमाडौं : कांग्रेसको डा. शेखर कोइराला पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन पार्टीले लगाएको निर्णय गलत भएको ठहर गरेको छ। संस्थापन इतर डा. कोइराला समूहको आइतबार बसेको बैठकले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत तत्काल फिर्ता लिन पार्टी नेतृत्वलाई आग्रह गरेको छ।

बैठकमा डा. कोइरालाले बहुमतको आधारमा पार्टीको संस्थापन पक्षले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्न लगाएको बताएका थिए। ‘मैले कार्यसम्पादन समितिको बैठकमा पनि विश्वासको मत दिनुहुँदैन भनेको थिएँ,’ कोइरालाले भने, ‘हामी मुख्य प्रतिपक्षको भूमिकामा बसौं। विश्वासको मत दिइसकेपछि हामी प्रतिपक्ष ठहरिन्नौं भनेकै थियौं। तर, त्यतिबेला बहुमतको निर्णय भयो। पार्टीमा हामी अल्पमतमा छौं त्यस्तो अवस्थामा पार्टीको ह्विप मान्नुको विकल्प थिएन।’

त्यस्तै, कोइराला समूहकी सांसद मुक्ताकुमारी यादवले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत तत्काल फिर्ता लिनुपर्ने बताएकी थिइन्। ‘त्यत्रो गठबन्धन र सहकार्य छोडेर जाने प्रचण्ड जस्तो बेइमानी व्यक्तिलाई कांग्रेस जस्तो पार्टीले विश्वासको मत दिन सुहाउँथ्यो ?’ उनको आक्रोश थियो, ‘हामी सत्तापक्ष हौं कि के हौं ? कि विश्वासको मतलाई पदसँग बार्गेनिङ गरिएको थियो ? नेतृत्वले स्पष्ट पार्नुपर्यो। होइन भने विश्वासको मत तत्काल फिर्ता लिनुपर्छ।’

कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नहुने मत राखेका थिए। तर, तत्काल पार्टीले हृवीप लगाएपछि उनीहरू पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन बाध्य भएका थिए।

संस्थापनइतर समूहको बैठकमा देउवालाई पहिले आफ्नै हातमा भएको सत्ता जोगाउन नसक्ने, अहिले हातबाट फुस्किसकेपछि फेरि प्रतिपक्षको धर्म पनि निभाउन नसक्ने आरोप नेताहरूले लगाएका छन्। कोइराला पक्षीय सांसद सरिता प्रसाइँले भनिन, ‘पार्टीमा सभापतिजीको एकल मनपरि चल्यो। हामी सबै निरिह भएर हेर्नुको विकल्प छैन।’

अर्का सांसद डा. चन्द्र भण्डारीले कांग्रेसले पटक–पटक गल्ती दोहोर्‍याएको आरोप लगाए। भण्डारीले भने, ‘कांग्रेसले अर्को गल्ती फेरि पनि दोहोर्‍यायो। माओवादीकै कारण गठबन्धन बनेर सरकार गठन भयो। राष्ट्रियसभा, स्थानीय र आमनिर्वाचन भयो। जनताले सिंगो गठबन्धनलाई सरकार बनाउ भनेर जनमत दिए तब प्रचण्डजीले गठबन्धन टुटाउनुभयो। किन यस्तो भयो ? अहिले यो विषयमा इतर समूहमा मात्र हैन समग्र पार्टीभित्रै विश्लेषणको आवश्यकता छ।’

‘हामी सत्तापक्ष हौं कि के हौं ? कि विश्वासको मतलाई पदसँग बार्गेनिङ गरिएको थियो ? नेतृत्वले स्पष्ट पार्नुपर्‍यो। होइन भने विश्वासको मत तत्काल फिर्ता लिनुपर्छ।’

बैठकमा संसदीय दलको निर्वाचनमा उम्मेदवार बनेका महामन्त्री गगन थापालाई मत दिने र नदिने को–को हुन भन्ने विषयमा पनि छलफल भएको नेता प्रसाइँले बताइन्। संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाले ६४ मत ल्याएर संसदीय दलको नेता भए भने महामन्त्री थापाले २५ मत मात्रै पाएका थिए। यद्यपि इतर समूहको स्पष्ट मत नै ३२ थियो।

त्यस्तै, अर्का सांसद अर्जुननरसिंह केसीले इतर समूहभित्रैबाट अन्तर्घात भएको बताए । उनले भने, ‘टिममा एकजुट हुनुपर्ने हो। साथीहरू मत हाल्ने बेलामा तितर–बितर हुनुभयो। प्रधानमन्त्रीलाई कांग्रेसले दिएको विश्वासको मत, पार्टी नेतृत्वको कार्यशैली, अब माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकमा घनीभूत छलफल गर्नेछौं।’

त्यस्तै, बैठकले राष्ट्रपतिमा के गर्छ उम्मेदवार उठाउँछ या सत्ता पक्षले उठाउनेलाई नै समर्थनबारे कांग्रेसले स्वाभाविक रूपमा उम्मेदवार उठाउने बताए।

१५ औं महाधिवेशनमा डा. कोइरालालाई सभापतिको उम्मेदवार बनाउने
संस्थापनइतर समूहको बैठकमा पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा डा. कोइरालालाई उम्मेदवार बनाउने विषयमा पनि छलफल भएको थियो। उपसभापति धनराज गुरुङले सभापतिको उम्मेदवारमा डा. कोइरालालाई बनाउने प्रस्ताव गरेका थिए। सोही बैठकका क्रममा महामन्त्री थापाले कोइराला सभापतिको उम्मेदवार बन्दा उनको उम्मेदवारीको समर्थक बस्ने बताएका थिए।अन्नपुर्ण पोष्ट दैनिकमा समाचार छ ।

  • ९ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !