युवा क्रिकेटर थापा मगर यु १९ विश्वकप छनौटमा

आजभोलि

अर्घाखाँची । आगामी फेब्रुअरी अन्तिममा युएईमा हुने आइसिसी यु–१९ पुरूष विश्वकप एसिया छनोटका लागि अर्घाखाँची जिल्लाका युवा क्रिकेटर उत्तम थापा मगर पनि खेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ ९क्यान० ले आइतबार उत्तम थापा मगर सहित १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । टोलीमा चार जना वैकल्पिक खेलाडी राखिएको छ ।

एसिया डिभिजन एक छनोटमा नेपालले युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलंकामा हुने यु–१९ विश्वकप खेल्न पाउनेछ ।

टिममा अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं। ६ खिल्जीका उत्तम थापा मगर सहित देव खनाल, गुलशन झा, दुर्गेश गुप्ता, अर्जुन कुमाल, हेमन्त धामी, दिपक बोहरा, आकाश त्रिपाठी, दीपेश कँडेल, सुवास भण्डारी, दीपक बोहरा, विशाल केसी, मिलन बोहरा र दीपक डुम्रे छन्।

वैकल्पिक खेलाडीहरूमाा प्रज्वल थापा, तुलबहादुर थापा, राजेश यादव र निर्मल थापा छन्।

  • ९ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !