म्याग्दीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

आजभोलि

म्याग्दी । म्याग्दीको थाईबाङबाट सदरमुकाम बेनी आउँदै गरेको ग१ज ६९३८ नम्बरको बोलेरो जिप सोमवार दिउँसो मंगला गाउँपालिका-२ काफलचौरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सवार अन्य सात जना घाइते भएका छन् ।

दुर्घटना हुँदा सवार मंगला गापा-१ की फमाया गर्बुजाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बेनी अस्पतालले जनाएको छ ।

बेनी अस्पतालका सूचना अधिकारी रिन्छेन चालिसेका अनुसार दुर्घटनामा घाइते मंगला गापा–१ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया शिवानी केसी र ५ वर्षीय छोरा रिवान केसीको थप उपचारका लागि पोखरा रिफर गरिएको जानकारी दिए ।

अन्य घाइते मंगला गापा–१ का १५ वर्षीया बबिना परियार, ३८ वर्षीय टेकबहादुर गर्बुजा, ५० वर्षीया भीमकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरूको अवस्था सामान्य रहेको छ । वडा नम्बर २ की २३ वर्षीया विपना कार्कीको उपचारपछि डिस्चार्ज गरिएको बेनी अस्पतालले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । घटनास्थलबाट जनप्रतिनिधि, स्थानीय र प्रहरीले उद्धार गरी घाइतेलाई बेनी अस्पताल ल्याएका थिए ।

  • ९ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !