अनुदान दिन म्याग्दे गाउँपालिका कार्यालयले गर्याे कृषकका फार्ममा अनुगमन

आजभोलि

तनहुँ । म्याग्दे गाउँपालिका कार्यालयले एक सय २२ व्यावसायिक फार्ममा अनुगमन गरेको छ । व्यावसायिक फार्म सञ्चालन गरेका कृषकलाई राहत दिन अनुगमन तथा निरीक्षण कार्यलाई तीव्रता दिइएको हो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, अनुगमन समितिका संयोजक बालकृष्ण घिमिरे, सदस्यद्वय हिरा गुरुङ, अनु महत श्रेष्ठ र शाखाका प्रमुख श्रीकृष्ण पौडेलले दर्ता भइ सञ्चालन गरेका फार्र्म अनुगमन गरेका हुन् । कृषकलाई कृषि र उत्पादनमा अभिप्रेरित गर्न अनुदानको व्यवस्था गरेसँगै अनुदानका लागि पालिकाभित्रका व्यावसायिक फार्मसँग निवेदन माग गरिएको गाउँपालिकाले जनाएको छ ।

फार्म अनुगमनका क्रममा नवदुर्गा कृषि फार्मका सञ्चालक युवराज शाहीले व्यवासायका लागि बैङ्कबाट ऋण लिएर ठूलो लगानी गरे पनि बजारको उचित व्यवस्था नहुँदा उत्पादित दूधले बजार नपाएको गुनासो गरे । वास्तविक किसान मर्कामा परे पनि अनुदान तथा राहत भने नक्कली कृषकले पाएकाले सक्कली कृषक पहिचान गरी अनुदान दिन उनको आग्रह थियो ।

गाउँपालिकाले अनुदानका लागि चालु आर्थिक वर्षमा बोका वितरण गर्नाका साथै माछाको भुरा खरिद, गोठ–खोर निर्माणका लागि रु चार लाख, रु तीन लाख ५० हजार, औजार च्याप कटरमा रु एक लाख र लोकल कुखुराका लागि रु एक लाख विनियोजन गरेको संयोजक घिमिरेले जानकारी दिए ।

बजेट वितरणका लागि आवश्यकतामा आधारित भएर कृषकलाई अनुदान वितरण गर्न लागेको हौँ । उनले भने,“पालिका मातहत रहेका सातवटै वडामा गएर व्यावसायिक फार्म अनुगमन तथा निरीक्षण थालिएको छ ।”

अनुदानका क्रममा पालिकाले कुखुरा तथा पशुपक्षीपालन, माछापालन, बङ्गुरपालन, भैँसीपालन, मौरीपालन, कुखुरापालन, गाई फार्मलगायत व्यावसायिक फार्म निरीक्षण गरिएको संयोजक घिमिरेले बताए ।

वास्तविक कृषक पहिचानका लागि कृषकका फार्ममा अनुगमन तथा निरीक्षणमा पुग्ने गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ जानकारी दिए । “अनुदान पाउन धेरै कृषकको आवेदन परेकाले वास्तविक कृषक पहिचान गर्न सहज हुने हुँदा हामीले फार्म निरीक्षण गरेको हौँ,” उनले भने, “अब गाउँपालिकाले अनुदानको प्रक्रिया छिट्टै अघि बढाउँछ।”

कृषकको मागका आधारमा होइन, आवश्यकताका आधारमा हामीले अनुदान दिनेछौँ, जसले गर्दा वास्तविक किसानलाई अनुदानले व्यवसाय विस्तार र उत्पादनमा राहत मिल्ने विश्वास लिइएको अध्यक्ष श्रेष्ठले बताए ।

  • १० माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या