भूकम्पमा परी बझाङमा एक जनाको हात भाँच्चियो

आजभोलि

धनगढी । बझाङको जय पृथ्वी नगरपालिकामा भूकम्पमा परी एक जनाको हात भाँचिएको छ । भूकम्प आएपछि घरबाहिर निस्कन खोज्दा जयपृथ्वी नगरपालिका–११ का ५२ वर्षीय हरिकृष्ण जोशीको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।

भूकम्पका कारण बझाङमा मंगलबार बेलुकासम्म ३३ घरमा क्षति पुगेको विवरण प्राप्त भएको उनले बताए । सुरक्षाकर्मीका भवन, स्वास्थ्य चौकी, विद्यालय भवन, तथा निजी घरमा आंशिक क्षति भएको विवरण आएको प्रहरी निरीक्षक अवस्थीले जानकारी दिए ।

उनका अनुसार बझाङको उत्तर, पूर्वी क्षत्रमा पर्ने पालिका जयपृथ्वी नगरपालिका, मष्टा गाउँपालिका, सूर्मा गाउँपालिका, खप्तड छान्ना गाउँपालिका र थलारा गाउँपालिकामा भूकम्पले क्षेति गरेको छ ।

सोमबार रातिदेखि आएको वर्षा र हिमपातका कारण टेलिफोन टारवमा भएको समस्याका कारण केही स्थानमा भने टेलिफोन सेवा अवरुद्ध बनेको र त्यसले सूचना संकलनमा समस्या भइरहेको उनले बताए ।

  • १० माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !