७४औँ गणतन्त्र दिवस मनाउँदै भारत

आजभोलि

नयाँ दिल्ली । भारतले आज विभिन्न कार्यक्रमको आयोजना गरि ७४औँ गणतन्त्र दिवस मनाइरहेको छ । इजिप्टका राष्ट्रपति अब्देल फताह एल–सिसी यस वर्षको प्रमुख अतिथि छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले राष्ट्रिय युद्ध स्मारकमा श्रद्धाञ्जली अर्पण गरे। राष्ट्रपति द्रौपदी मुर्मुले चाँडै नै कर्तव्यपथबाट गणतन्त्र दिवस मनाउन राष्ट्रको नेतृत्व गर्नेछिन ।

सुरक्षा व्यवस्थाका लागि ६ हजार सैनिक परिचालन गरी कार्यक्रमको व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ । कर्तव्य पथलाई करिब १५० सीसीटीभी क्यामेराबाट निगरानी गरिने छ ।

भारतले हरेक २६ जनवरीमा गणतन्त्र दिवस मनाउँछ । सन् १९५० को २६ जनवरीमा भारत गणतन्त्र घोषित भएको थियो ।

सन् १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको थियो।
भारत सन् १९४७ को अगस्ट १५ मा स्वतन्त्र भएको थियो ।

  • १२ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !