यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

आजभोलि

काठमाडौ । बिहिबार अमेरिकी डलरको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ २५ पैसा र बिक्रीदर १३० रुपैयाँ ८५ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा यसको मूल्य २१ पैसा घटेको हो । यसअघि बुधबार अमेरिकी डलर एकको खरिददर  १३० रुपैयाँ ४६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६ पैसा तोकिएको थियो ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ७० पैसा र बिक्रीमा १४२ रुपैयाँ ३५ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ३२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर ७९ पैसाले वृद्धि भएको छ । यसको खरिददर आज ९२ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९२ रुपैयाँ ७७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८३ पैसा कायम रहेको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८१ पैसामा कारोबार भइरहेको छ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६२ पैसा तोकीएको छ । मलेसियन रिंगिट एकको खरिदमा बिहिबार ३० रुपैयाँ ५६ पैसा र बिक्रीमा ३० रुपैयाँ ७१ पैसामा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ५९ पैसामा कारोबार भैरहेको छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ८ पैसा तोकिएको राष्ट्र बैंकको विवरणमा उल्लेख गरीएको छ।

  • १२ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !