बेलहिया माविमा आधुनिक बाल कक्षा

आजभोलि

भैरहवा। रुपन्देहीको सिद्धार्थनगर १ बेलहियामा अवस्थित श्री बेलहिया माध्यमिक विद्यालयमा नयाँ बालकक्षाको उद्घाटन भएको छ ।

शैक्षिक तथा खेलकुद सामग्रीसहित आधुनिक तरिकाले अध्यापन गराउन सहज होस भन्ने उद्देश्यका साथ बसन्तपंचमी (सरस्वती पूजा) को शुभदिनमा कक्षाको उद्घाटन गरी संचालनमा आएको हो ।

प्रारम्भिक बाल विकास केन्द्रका बालबालिकालाई लक्षित गरि निर्माण गरिएको बालमैत्री कक्षा उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, वडाध्यक्ष उज्जज्वल पोख्रेल, समाजसेवी देवराज न्यौपाने लगायतले विद्यालयको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

शैक्षिकस्तर सुधार गर्न शिक्षकको व्यवहारमा परिवर्तन गर्दै अभिभावक र विद्यार्थी तीनै पक्षको सहकार्य र समन्वयले शैक्षिक विकास सहजै गर्न सकिने बताउँदै शैक्षिक विकासका लागि भौतिक सुधारको खाँचो भए पनि त्यसबाट मात्र सबै कुरा हासिल नहुने हुँदा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए ।

बालविकास तथा स्याहारसँगै पढाइमा रुचि बढाउन र बालबालिकाको पढाइमा बानी विकास गर्न नयाँ भवनमा बाल कक्षाको सूरुवात गरिएको हो । कक्षा कोठामा वालपेन्टिङ, कारपेटिङ, पढाईसँगै खेलकुद र विविध किसिमका मनोरञ्जनात्मक क्रियाकलापको माध्यमद्वारा सम्पूर्ण बालबालिकाको सर्वाङ्गीण विकासका लागि पनि कक्षा कोठालाई आवश्यकता अनुसार व्यवस्थापन गरेर सजाइएको विद्यालयकी प्राचार्य विना भण्डारीले बताइन । उनले विद्यालयको विकास एक दुई जनाले सम्भव नभएको बताउँदै विद्यालय व्यवस्थापन समिति शिक्षक, विद्यार्थी र शिक्षाप्रेमीहरुको सामुहिक प्रयासले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान अपरिहार्य हुने बताइन् ।

 

  • १३ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !