शहीदको आकाङ्क्षा पूरा गर्न सञ्चारमाध्यमको महत्त्वपूर्ण भुमिका

आजभोलि

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शहीदका अधुरा सपना पूरा गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताए । आज यहाँ आयोजित पत्रकारहरूसँगको अन्तरक्रियात्मक कार्यक्रममा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शहीदहरूको आकाङ्क्षा पूरा गर्ने आमसञ्चारमाध्यमले विशेष भूमिका निर्वाह गर्ने बताए ।

उनले भने, “राष्ट्र र जनताको उन्नतिका लागि जीवन अर्पण गर्ने शहीदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दछु । शहीदहरूको सपना कति कुन हदसम्म पूरा हुन आएको छ र अब पूरा गर्ने के गर्नुपर्छ ? त्यसमा अठोट गर्ने र ती आकाङ्क्षा पूरा गर्ने अमासञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ ।”

सभामुख घिमिरेले विगतमा संसदीय समाचार सङ्कलनमा गरिएका राम्रा अभ्यासको निरन्तरता र समस्याको समाधान गर्ने प्रतिबद्धता जनाए । “संसद्को भूमिका समाजलाई कसरी अग्र गति दिन सकिन्छ भन्ने हो । त्यसका लागि पत्रकार र आमसञ्चारमाध्यमले सहयोग गरिरहेको छ । समाचार सङ्कलन गर्न संसद्भित्र देखिएका चुनौती र समस्यालाई समाधान गर्नेछौँ”, उनले भने । अन्तरक्रियामा पत्रकारहरूले संसदीय समाचार सङ्कलनका क्रममा देखिएका चुनौतीबारे सभामुखको ध्यानाकर्षण गराएका थिए ।

  • १६ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !