इटालीमा आठ आप्रबासीको शव फेला

आजभोलि

रोम । इटालीको तटरक्षकबलले भूमध्यसागरीय क्षेत्रमा आठ आप्रवासीको शव फेला पारेको अधिकारीहरुले शुक्रबार बताएका छन् ।

लाम्पेडुसा टापुका मेयर फिलिप्पो मन्निनोका अनुसार उद्धारकर्मीले बिहीबार राति डुङ्गामा पाँच पुरुष र तीन महिलाको शव फेला पारेका थिए ।

डुङ्गामा रहेका अन्य ४२ जनालाई किनारामा ल्याइएको उनले एएफपीलाई बताए ।

इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले आगामी साता हुने युरोपेली परिषद्को शिखर सम्मेलनअघि डुङ्गाबाट यूरोप पुगेका आप्रवासीको व्यवस्थापनमा युरोपेली सङ्घबाट थप सहयोगको माग गर्ने बताए ।

इटालीको भौगोलिक स्थितिले यसलाई उत्तरी अफ्रिकाबाट युरोप जाने र शरण खोज्नेहरूको लागि एक प्रमुख गन्तव्य बनाउँछ, र रोमले लामो समयदेखि आगमनको सङ्ख्यामा भएको वृद्धिबारेमा गुनासो गर्दै आएको छ ।

मन्निनोले आफू छ महिनादेखि मात्र नगरप्रमुख भएको तर आप्रवासीको आगमन निरन्तर भइरहेको र मृत्यु भएकाहरूको शव साप्ताहिक रूपमा टापुमा ल्याइने गरेको बताए ।

“स्थिति वास्तवमै नाटकीय बन्दै गएको छ । युरोप र यहाँका सरकारहरूले केही गर्नुपर्छ । मलाई मृतकको सङ्ख्याको गणनाले स्तब्ध पार्नेगरेको छ,” उनले भने ।

गृह मन्त्रालयका अनुसार यो वर्षको सुरुदेखि अहिलेसम्म करिब पाँच हजार आप्रवासी इटाली आइपुगेका छन्, जुन गत वर्षको सोही अवधिमा तीन हजार र सन् २०२१ मा एक हजार भन्दा बढी थियो ।

मेलोनीले शुक्रबार बर्लिन र स्टकहोमको भ्रमण गरेका छन्। उनले आप्रवासीहरूको प्रत्यावर्तन र पुनः प्रवेशलाई बढावा दिन ईयू संयन्त्रहरूको लागि शिखर सम्मेलनअघि समर्थन जुटाउने प्रयास गरेका थिए ।

उनको नयाँ दक्षिणपन्थी सरकारले आप्रवासीहरूको उद्धार गर्ने परोपकारी जहाजहरूको कार्यलाई सीमित गर्न खोजेको छ, गत हप्ता युरोपेली परिषद्बाट आप्रबासी नीतिले जीवनलाई खतरामा पार्नेछ भनी आलोचना भएको थियो ।

  • २० माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !