बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु

आजभोलि

अर्थ जङ्ग शाही
बझाङ । बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।

जिल्लाको केदारस्युँ गाउँपालिका–२ र ४ को बिच बज्वामा मालबाहक ट्रकले ठक्कर दिँदा हेयर नेपालमा कार्यरत दुर्गाथलि गाउँपालिका–३ रकैल घर अन्दाजी २३ २४ वर्षीय अमृता खत्रीको मृत्यु भएको हो ।

आज सोमबार बिहान सदरमुकाम चैनपुरदेखि बागथाला तर्फ गइरहेको सुपप्र ०१०१ ० प ५३१७ नम्बरको मोटरसाइकललाई धनगढीबाट बझाङ आइरहेको सुपप्र ०१००१ ख ३०७१ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार खत्रीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक बैतडीको पुर्चौडि नगरपालिका–६ का दिपेन्द्र साउँदलाई प्रहरीले नियन्त्रणमा लिएका छन् भने मोटरसाइकल चालक जयपृथ्वी नगरपालिका–७ का नारायण जोशी फरार रहेको प्रहरीले जनाएको छ।

  • २३ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !