उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट

आजभोलि

काठमाडौं । उपप्रधानमन्त्री तथा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विजयमोहन क्वात्राबीच आज शिष्टाचार भेट भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष समेत रहेका उर्जामन्त्री लिङ्देन र क्वात्राबीच ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयस्थित उपप्रधानमन्त्रीको कार्यकक्षमा भेट भएको हो । भेटका क्रममा दुई देशबीचको सम्बन्ध, द्विपक्षीय हित तथा सहयोगबारे छलफल भएको उपप्रधानमन्त्री लिङ्देनको सचिवालयले जनाएको छ । ऊर्जा तथा जलस्रोत क्षेत्रको विकासका लागि समन्वय र सहकार्य गर्ने विषयमा पनि छलफल केन्द्रित भएको थियो ।

अध्यक्ष लिङ्देनले सचिव क्वात्रालार्ई कार्यालयमा स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।

  • २ फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !