प्रजातन्त्र दिवसको अवसरमा धनगढीमा प्रभातफेरी

आजभोलि

अत्तरिया । आज ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस सुदूरपश्चिम प्रदेशमा प्रभातफेरी आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश मूल समारोह समितिको आयोजनामा धनगढी ट्राफिकचोकबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयसम्म प्रभातफेरी गरिएको हो ।

प्रभातफेरीमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवा, आर्थिक मामिलामन्त्री नरेशबहादुर शाह, सभामुख भीमबहादुर भण्डारी, निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावल, प्रदेशसभा सदस्य, प्रदेश प्रमुख सचिव, प्रदेशका विभिन्न मन्त्रालयका सचिव, निजामती कर्मचारी, सुरक्षा निकाय प्रमुख, सङ्घसंस्थाका पदाधिकारी, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले प्रदेश समृद्धिका लागि राजनीतिक स्थिरता हुनुपर्ने बताए । राजनीतिक स्थिरताले मात्र प्रदेशको आर्थिक समृद्धि सम्भव रहेको मुख्यमन्त्री शाहले बताए ।

  • ७ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या