दुर्गा प्रसाईद्वारा एमाले पार्टी त्यागेको घोषणा

आजभोलि

काठमाडौं । फागुन १ गते झापाको मेची पुलमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व युवराज पारस शाहसहित पूर्व राजपरिवारका सदस्यहरुलाई सँगै स्टेजमा राखेर वर्तमान व्यवस्थाको तीब्र विरोध गरेका नेकपा (एमाले)का केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पार्टी त्यागेको घोषणा गरेका छन् । एमालेको उद्योग विभाग प्रमुखसमेत रहेका प्रसाईंले आइतवार झापामा पत्रकारहरुसँगको कुराकानीका क्रममा एमाले छाडेर जनतामाझ आइसकेको बताएका हुन् ।

उनले अब २०४७ सालमा फर्किनुपर्ने बताए । जहाँ बाटो बिर्सियो त्यहीँ फर्किएर जानुपर्छ, उनले भने, मैले केही दिनअघि चिया बगानमा राजालाई पनि राखेँ। हिजो बेलुका उहाँले एउटा विज्ञप्ति जारी गर्नु भयो, उनले भने, जनताका लागि म कारबाही भोग्न तयार भएको छु । अब जनता र राजा एक हुनु पर्छ ।

उनले एमालेतिर लक्षित गर्दै कारबाही गर्नुअघि स्पष्टीकरण समेत नसोधिएको गुनासो गरे । हिजो कारबाही हुनुपर्छ भनेछन्, स्पष्टीकरण पनि सोधेनन्, उनले भने, मेरा भूतपूर्व अध्यक्ष केपी शर्मा ओलीलाई हिजो बेलुका भनेँ, मैले एउटा दीप बाल्दा यत्रो आतंक यो अभियानमा लाग्दा कारबाही भोग्नुपर्यो, तपाईंको केन्द्रीय सदस्य राख्नुस् ।

प्रसाईले आफू कुनै पार्टीको झोले र गुलाम भएर नहिँड्ने पनि बताए । उनले फागुन १० गतेपछि देशभर विद्रोह उठाउने पनि दाबी गरे ।

  • ७ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या