सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण : सभामुख गौतम

आजभोलि

काठमाडौं । प्रदेश नं १ का सभामुख बाबुराम गौतमले सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमि निकै महत्वपूर्ण हुने बताएका छन् ।

संसदीय पत्रकार मञ्च विराटनगरद्वारा आज यहाँ आयोजित सम्मान तथा अन्तरक्रियामा उनले जनताका आवाजलाई सरकारसम्म र सरकारका नीति तथा कार्यक्रम जनतासम्म पु¥याउने सञ्चारमाध्यम जहिले पनि गम्भीर रहनुपर्ने बताए । उपसभामुख सृजना दनुवारले संसद्को भूमिका जनपक्षीय भएमा यसको महत्व बढेर जाने विश्वास व्यक्त गरे ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले मञ्च आवद्ध सञ्चारकर्मी र सदनका समाचार सम्प्रेषण गर्ने पत्रकारलाई सक्दो सचिवालयले सहज र सरल ढङ्गले सूचना दिने गरेको बताए ।

मञ्चका अध्यक्ष गणेश लाम्सालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष लीलाबल्लभ घिमिरे, महासचिव विवेक गौतम, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुँइटेल र पत्रकार अर्जुन आचार्यले पनि सदन र सचिवालयको विविध पक्षमा चर्चा गरेका थिए ।

कार्यक्रममा सभामुख गौतम र उपसभामुख दनुवारलाई मञ्चले खादा लगाएर स्वागत र सम्मान गरेको थियो ।

  • ८ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !