उपराष्ट्रपतिका उम्मेदवार यादवले अध्यक्ष नेपालसँग मत मागे

आजभोलि

काठमाडौँ । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग आज भेट गरी मत मागेका छन् ।

उनले अध्यक्ष नेपालको निवास पुगेर नेपाल र उनको दलसँग उपराष्ट्रपति पदका लागि आफूलाई मत मागेका हुन् । त्यस अवसरमा यादवको साथमा रहेका सांसद प्रदीपकुमार यादवले भने, “रामसहायजीसहित हामीले एकीकृत समाजवादीका नेता माधव नेपाललाई भेटेर मत मागेका छौँ, अब प्रधानमन्त्रीजीसँग पनि मत माग्न जाँदैछौँ ।”

उपराष्ट्रपतिका उम्मेदवार यादवले आजै अन्य राजनीतिक दलका नेता तथा सांसदसँग भेटेर मत माग्ने कार्यक्रम रहेको बताए । आफू गठबन्धनको साझा उम्मेदवार भएकाले सत्ता गठबन्धनमा सहभागी सबै दलको आफूलाई सहयोग रहने उनले बताए ।

 

  • २९ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या