वन डढेलो नियन्त्रण सप्ताह सुरु

आजभोलि

सुरुङ्गा (झापा) । ‘वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित आजबाट वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको छ ।

डिभिजन वन कार्यालय झापाको आयोजना र मेची सव डिभिजन वन कार्यालय धाइजनको संयोजनमा वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको हो ।

अभियानको उद्घाटन डिभिजन वन कार्यालय झापाका निमित्त कार्यालय प्रमुख जीवनप्रसाद पाठकले गरे । डढेलो व्यवस्थापनलाई प्रोत्साहन गरौंँ, वन्यजन्तुको प्राकृतिक वासस्थानको संरक्षण गरौँ, वन क्षेत्रमा आगो लगाउनु दण्डनीय अपराध हो जस्ता प्ले कार्डसहित मेचीनगरस्थित प्रगति सामुदायिक बनबाट सुरु गरिएको सचेतना ¥याली चारआली बजार परिक्रमा गर्दै सभामा परिणत भएको थियो ।

सभामा डिभजन वन कार्यालयका प्रमुख पाठक, मेची सव डिभिजन वन कार्यालय धाइजनका प्रमुख डिल्ली खरेल, चारआली जेसीजका अध्यक्ष सङ्गीत शिवाकोटी, लायन्सका अध्यक्ष मोहन अधिकारी लगायतले बन क्षेत्रमा हुने डढेलोले पु-याउने क्षतिका विषयमा बोल्नु भएको थियो ।

साताव्यापी सञ्चालन हुने अभियानको दोस्रो दिन कनकाई सव डिभिजन वन कार्यालय सुरुङ्गामा नियन्त्रित डढेलो लगाउने अभियान सञ्चालन गरिने त्यस्तै ३ गते जलथलस्थित चौकी विरान सामुदायिक वनमा ‘वन क्षेत्रमा हुने ज्वलनशील पदार्थबाट कम्पोष्ट मल बनाउने अभ्यास’ सञ्चालन गरिने छ ।

त्यस्तै सुरक्षा निकायबीच वन डढेलो नियन्त्रणम तथा व्यवस्थापनसम्बन्धी अन्तरक्रिया गरिने, डढेलो नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी तालिम र चैत ७ मा अभियानको समापन गरिने डिभिजन वन कार्यालय झापाकी अधिकृत अञ्जना पुरीले जानकारी दिइन् ।

झापामा रहेका सामुदायिक वन क्षेत्रमा डढेलो नियन्त्रणसम्बन्धी विभिन्न खाले कार्यक्रम आयोजना गर्दै अभियान सफल बनाइने मेची सव डिभिजन वन कार्यालय धाइजनका प्रमुख डिल्ली खरेलले बताए ।

 

  • १ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !