वादी तथा गन्धर्व समुदायका महिला तरकारी खेतीमा

आजभोलि

दाङ । बबई गाउँपालिका–७ की ४८ वर्षीया शारदा गन्धर्व अचेल बिहानदेखि तरकारी बारीमा काम गर्न व्यस्त हुन्छिन् । अहिले उनिमात्र होइन यहाँका अतिविपन्न समुदायका १० महिला पनि उनिसँगै तरकारी खेतीमा व्यस्त हुन्छन् ।

उनले भनिन “सरकारले हामीलाई घर त बनाइदिएको छ, तर गरी खाने अवस्था सहज छैन, त्यसैले खाना तथा घर खर्च चलाउनका लागि अहिले १० जना मिलेर सामूहिक तरकारी खेती सुरु गरेका छौँ ।” उनिहरुले यहाँका एक व्यक्तिको दुई बिघा जमिन वार्षिक रुपमा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् ।

मासिक रु ३० हजारमा जग्गा भाडामा लिएर खेति गरेको शारदाले बताईन । “आफूहरुले अहिलेसम्म उत्पादन गरेको तरकारी केही बारीबाट र केही हापुरे बजार लगेर बिक्री गर्न सफल भयौँ, आम्दानी पनि राम्रो भयो”, उनले भनिन्, “अहिले खुसी पनि छौँ, घरमा खर्च चलाउन सजिलो भएको छ, अब तरकारी खेतीमा रमाएर राम्रो आम्दानी गर्न अझै मेहनत गर्छाैँ, बेमौसमी तरकारी खेती पनि गर्छौं ।”

सोही ठाउँमा तरकारी खेती गरेकी ४५ वर्षीया वसन्ती गन्धर्वले पनि तरकारी खेतीले आफ्नो दैनिकी धान्न सहज भएको बताउछिन । उनले भनिन्, “यसअघि हाम्रो घरबास त थियो तर, दैनिक रुपमा जीवन चलाउनका लागि कुनै माध्यम थिएन, अहिले भने सहज भएको छ, पर्याप्त सिँचाइ, आधुनिक कृषि औजार नहुँदा भने समस्या हुने गरेको छ ।”

सोही समूहमा तरकारी खेती गर्दै आएकी ४० वर्षीया गीता वादीले आफू यसअघि पनि तुलसीपुर बजारमा बसेर विगत १० वर्षसम्म मकै पोलेर बिक्री गरी जिवन निर्वाह गर्दै आएको भए पनि अहिले भने तरकारी खेतीतर्फ आकर्षित भएको बताइन । “अहिले आफ्नै ठाउँ गाउँमा तरकारी खेतीमा रम्न पाउँदा निकै खुसी छु, मेहनतअनुसार आम्दानी पनि गर्न सकेका छौँ, आफूहरुले गरेको तरकारी खेती हेर्न अहिले धेरै आउनुहुन्छ, केही समयअघि गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षसहितको टोली आयो, उनीहरुलाई आफैँले उत्पादन गरेको टमाटर, भन्टा, आलु तरकारीको माला लगाएर स्वागत ग¥यौँ, त्यसबाट पनि निकै खुसी लाग्यो”, उनले भनिन।

  • १ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !