सुशासन समितिद्वारा निर्देशन

आजभोलि

काठमाडौँ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले सुशासन, दिगो विकास एवं सन्तुलित विकासको प्रत्याभूति हुने गरी व्यवस्था रहे/नरहेको परीक्षण गरेर मात्र विधेयक दर्ता प्रक्रिया अघि बढाउने व्यवस्था गर्न सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिने भएको छ ।

सिंहदरबारमा आज भएको समितिको बैठकले सङ्घीय संसद्मा पेस हुने विधेयकको प्रावधानमा नयाँ एवं संशोधन विधेयकका मस्यौदा गर्दा सुशासन र दिगो एवं सन्तुलित विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिनेसमेत निर्णय गरेको छ ।

“संसद्मा प्रस्तुत हुने विधेयकका अङ्गहरू, उद्देश्य र कारण, आर्थिक टिप्पणी, व्याख्यात्मक टिप्पणीमा सुशासन र दिगो एवं सन्तुलित विकाससम्बन्धी व्यवस्थाको उल्लेख भएको हुने व्यवस्था गर्न सरकारलाई निर्देशन दिने”, निर्णयमा भनिएको छ ।

त्यसैगरी संसद्मा पेस हुने नयाँ एवं संशोधन विधेयकका मस्यौदा गर्दा सुशासन र दिगो एवं सन्तुलित विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन र दिगो विकास तथा सुशासन समितिको आर्थिक वर्ष २०७९/८० को कार्ययोजनाको प्रगतिको समीक्षा गर्नुपर्ने समितिले निर्णय गरेको छ ।

 

  • २ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !