तीनदिने मैत्री दिवस मनाइने

आजभोलि

काठमाडौँ । बोधी श्रवण धर्म सङ्घ नेपालले यही चैत ८ गतेदेखि देशका विभिन्न १२ स्थानमा धार्मिक अनुष्ठान आयोजना गरी मैत्री दिवस मनाउने भएको छ ।

सो सङ्घले आज यहाँ एक कार्यक्रम आयोजना गरी विश्व शान्तिका पक्षमा झापाको काँकडभिट्टास्थित कालीखोला, भोजपुरस्थित षडानन्द नगरपालिकाको हजारे, सिन्धुलीको गड्यौली, बाराको निजगढ–रतनपुर, चितवनको भरतपुर–नयाँबस्ती, लमजुङको कोझ्योक्पा, नवलपुरको पिठौली, सिन्धुपाल्चोकको टोड्केबारी, दोलखाको मेलुङ र रामेछापको च्यास्कुमा धार्मिक अनुष्ठान गर्न लागेको जनाएको छ ।

सङ्घका केन्द्रीय सदस्य एवं मैत्री दिवस प्रचार–प्रसार समितिका संयोजक बृषध्वज वाइवाले सम्पूर्ण मानव तथा प्राणी जगत्को सुख, शान्ति र समृद्धिका पक्षमा अघिल्ला वर्षमा जस्तै हुन लागेको पाठपूजा, प्रार्थनासहितको धार्मिक अनुष्ठानमा सहभागी भई मैत्री दिवस भव्यतासाथ मनाउने अभियानमा साथ दिन सबैसँग अनुरोध गर्नुभयो । हरेक वर्ष तीन दिन बिहान ६ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म यस किसिमिको धार्मिक अनुष्ठान गरी मैत्री दिवस मनाउने गरेको सङ्घले जनाएको छ ।

 

  • २ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !