बागमती सरकारद्वारा पुरस्कार घोषणा

आजभोलि

बागमती । बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई पुरस्कृत गर्ने भएको छ । प्रदेश सरकारले खेलाडीहरुलाई जनही रु एक÷एक लाख पुरस्कार दिने घोषणा गरेको हो ।

क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकामा प्रोत्साहनस्वरुप सो रकम पुरस्कार दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

क्रिकेट खेलाडीहरुले उत्कृष्ट खेलेका कारण देशको शिर उचाइमा पु¥याएकामा प्रदेश सरकारले गौरव गरेको उनले बताए । युएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप छनोटमा पुगेको होे । विश्वकप लिग–२ का सहभागी सात टोलीमध्ये शीर्ष तीन टोली विश्वकप छनोटमा पुग्ने प्रावधान रहेको छ ।

 

  • ३ चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !