दोहोरो अङ्कले बढ्यो नेप्से

आजभोलि

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ७० प्रतिशतले बढेर एक हजार नौ सय ६ को बिन्दुमा कायम भएको छ ।

आज दुई सय ६१ वटा कम्पनीको ४३ लाख आठ हजार छ सय ४५ कित्ता शेयर ३६ हजार नौ सय ८० पटक खरिद बिक्री हुँदा रू एक अर्ब ३८ करोड २७ लाख ६७ हजार नौ सय बराबरको कारोबार भएको छ ।

आज लघुवित्त समूह १७ दशमलव ०३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ९४ दशमलव ४५ अङ्क र निर्जीवन बीमा समूहको उपसूचक एक सय २६ दशमलव ४३ अङ्कले बढेको छ । आज बैंकिङ समूह तीन दशमलव १४, विकास बैंक समूह ७६ दशमलव ८७, वित्त समूह ३२ दशमलव ६३, होटल तथा पर्यटन समूह ४७ दशमलव ५० र जलविद्युत् समूह ४३ दशमलव ५२ अङ्कले बढेको छ ।

त्यसैगरी लगानी समूह शून्य दशमलव ५२, उत्पादन समूह ९९ दशमलव ९८, म्युचुअल फन्ड शून्य दशमलव ०८, व्यापार समूह २५ दशमलव ९९ र अन्य समूह १४ दशमलव २६ अङ्कले बढेको छ ।

आज सुपरमाई हाइड्रोपावर लिमिटेड, एशियन हइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेसनल फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

हिमालय डिस्टिलरी लिमिटेडको आज सबैभन्दा धेरै रू पाँच करोड ९० लाख ८० हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ग्लोबल आइएमई बैंक प्रमोटर शेयरको दुई लाख ७४ हजार दुई सय ९६ कित्ता शेयर खरिद बिक्री भएको छ ।

  • १३ चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !