ब्राजिलको रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु

आजभोलि

ब्राजिल । ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोको साओ कार्लोस शहरको एक रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा दुई जना घाइते भएका छन् ।

शनिबार राति मादक पदार्थ सेवन गरी क्लबबाट निकालिएका एक व्यक्तिले बन्दुक लिएर फर्किएर भीडमाथि गोली चलाएका ब्राजिलको प्रहरीले जनाएको छ ।

आक्रमणबाट दुई जनाको तत्काल मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए । स्थानीय प्रहरी आयुक्त गिल्बर्टो एक्विनोले ३६ वर्षीय आक्रमणकारीलाई त्यस क्षेत्रमा सेवामामा रहेका दुई प्रहरी अधिकारीले नियन्त्रणमा लिने क्रममा गोली लागी मृत्यु पुष्टि गरेका छन् ।

एक्विनोका अनुसार क्लबबाट निष्कासित भएपछि हेल्मेट लगाएका आक्रमणकारीले कारमा पार्टीमा फर्किएका र गोली चलाएका थिए ।

  • १३ चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !