बैंकको रकम लुटेको आरोपमा तीन जनाविरुद्ध मुद्दा

आजभोलि

सिराहा । सिराहा प्रहरीले बैंकको रकम लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। मिर्चैया कल्याणपुर सडकको मिर्चैया नगरपालिका ३ बताहा पुलबाट ग्लोबल आईएमई बैंकको शाखा कार्यालय कल्याणपुर लादै गरेको रकम लुटेको आरोपमा प्रहरीले कल्याणपुर नगरपालिका–८ अरङ्गका ४५ वर्षीय श्याम कुमार यादव, लहान नगरपालिका १३ सुकरामपुर का ३६ वर्षीय जिवछ बिक र लहान १९ छपरारी का ४७ वर्षीय सत्य नारायण मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले बैङ्कका कर्मचारीले मिर्चैयाबाट कल्याणपुर शाखामा लाँदै गरेको नौ लाख रकम लुटपाट गरेको आरोप छ । प्रहरीसहित गएको ज। ६ प ८१८५ नम्बरको मोटरसाइकलमा बैंकका कर्मचारी गत फागुन १० गते नम्बर नखुलेको मोटरसाइकलमा आएका ४ जना अपरिचित व्यक्तिहरूले पेस्तोल देखाई रकम लुटिएका थिए ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिराहा तथा इलाका प्रहरी कार्यालय मिर्चैया सिराहा लगाएत मातहतका प्रहरी टोलीले उपलब्ध श्रोत साधन तथा प्रविधिको प्रयोग गरी सिराहा सदरमुकामस्थित हेमनारायण चोक स्थितबाट पक्राउ गरेको बताएको छ ।

उनीहरूमाथि शरीर बन्धक तथा डाँका मुद्दामा सिराहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • १४ चैत्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !