मिटर ब्याजको कारोबारलाई गैरकानूनी घोषणा गर्न माग

आजभोलि

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले तत्काल मिटर ब्याज पीडितको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।

महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै मिटर ब्याजको कारोबारलाई गैरकानूनी घोषणा गर्न माग गरेको हो ।

मिटर ब्याजको कारोबार गर्ने गरिब तथा किसानमारा सुद्खोरलाई कडाभन्दा कडा कारबाही गर्न समेत माग गरिएको छ ।

महासङ्घका अध्यक्ष चित्रबहादुर श्रेष्ठले साँवा रकम बराबर ऋण भुक्तान गरेका सबै ऋणीको ऋण पूर्णरूपमा मिनाहा गर्न माग गरे । उनीहरूको ऋणको लिखत कागजलाई अवैधानिक घोषणा गरी बदर गर्नसमेत महासङ्घले आग्रह गरेको छ ।

ऋण उठाउने नाममा ऋणीलाई भौतिक यातना वा यातनाको धम्की दिने, परिवारका सदस्यलाई समेत असुरक्षित महसुस गराउने र मानसिक यातना दिने सबै मिटर ब्याजीलाई अविलम्ब गिरफ्तार गरी कडा कारबाही गर्न महासङ्घको माग छ । महाङ्घले मिटर ब्याज पीडितसँगको वार्ता र घटनाको छानबिनलाई तीव्रता दिन र पीडितलाई न्याय प्रदान गर्न माग गरेको छ ।

 

  • १५ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !