को हुन् अर्थमन्त्री महत ?

आजभोलि

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महत विसं २०१६ कात्तिक १९ मा नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, कविलासमा जन्मिएका हुन् ।

फुलब्राइट छात्रवृत्तिअन्तर्गत संयुक्त राज्य अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी (पिएचडी) गरेका डा. महत हाल नेपाली कांग्रेसको प्रवक्ता तथा केन्द्रीय सदस्य छन् ।

कक्षा–७ मा अध्ययनरत रहँदादेखि नै नेपाल विद्यार्थी सङ्घमा लागेका उनले २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्रमोर्चामा रहेर काम गरेका हुन् । विसं २०४२ को सत्याग्रहमा सक्रिय भूमिका खेलेका डा महत त्यसबेला नेपाल विद्यार्थी सङ्घको महासचिव थिए ।

कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा डा महतले एक्सन कमिटीमा रहेर काम गरेका थिए । पार्टीले दिएका जिम्मेवारीहरू कुशलतापूर्वक पूरा गर्ने उनले विसं २०५६ देखि कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गरेका थिए भने २०५९ सालदेखि निरन्तर पार्टीको केन्द्रीय सदस्य छन् ।

उनले २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र २०७९ को मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको संयोजकको भूमिका सफलतापूर्वक सम्पन्न गरेका थिए ।

विसं २०६३ को अन्तरिम व्यवस्थापिकाको सदस्यबाट संसद्को यात्रा आरम्भ गरेका डा. महतले पहिलो र दोस्रो संविधानसभामा सदस्य रहेका थिए । त्यसैगरी विसं २०७० देखि २०७४ सम्म विधायकको रुपमा रहे । हाल उनी प्रतिनिधिसभाको सदस्य छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सल्लाहकारका रुपमा विसं २०५८ देखि २०५९ सम्म काम गर्नुभएका डा महतले राष्ट्रि«य योजना आयोगको सदस्यका रुपमा पनि काम गरेका थिए ।

उनले यसअघि परराष्ट्र मन्त्री, उर्जामन्त्री र परराष्ट्र राज्यमन्त्रीका रुपमा रहेर काम गरेका थिए । उनी उर्जामन्त्री रहेका बेला राष्ट्रिय गौरवको रुपमा रहेको माथिल्लो तामाकोशी आयोजना स्वदेशी पूँजीबाट निर्माण गर्ने तथा ढल्केवार–मुजफ्पुर ४०० के.भी. प्रशारण लाइन निर्माणको निर्णय गरेका थिए ।

त्यस्तै परराष्ट्रमन्त्री हुँदा उनको पहलमा चीनसँगको बिआरआई सम्झौताका साथै नेपालले गण्डक सम्झौताबाट पाउनुपर्ने सुविधाका लागि कुरा उठाइ भारतीय पक्षलाई प्रतिबद्ध गराएका थिए । नेपालको कूटनीतिक सन्तुलनका लागि महत्वपूर्ण काम गरेका थिए ।

मुलुकको अर्थतन्त्रमा चुनौती आइरहेको वर्तमान अवस्थामा उनी देशको अर्थमन्त्री बनेकाले अर्थशास्त्रमा विद्यावारिधी गर्नुभएका डा महतले आगामी दिनमा यो चुनौतीलाई सामना गर्नेगरी काम गर्नुपर्ने चुनौती थपिएको छ ।

  • १७ चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !