पोर्चुगलमा दूतावासको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र

आजभोलि

लिस्बन । पोर्चुगलमा दूतावास स्थापनाको माग गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले परराष्ट्रमन्त्री एनपी साउद समक्ष ज्ञापनपत्र बुझाएको छ ।

गैर अवासीय नेपाली सङघको १५औँ युरोप क्षेत्रीय सम्मेलनमा सहभागी हुन चेक रिपब्लिकको राजधानी प्राग पुगेका परराष्ट्रमन्त्री साउद समक्ष सङ्घले पोर्चुगलमा दूतावास स्थापनाको माग गर्दै आइतबार एक कार्यक्रमबीच ज्ञापनपत्र बुझाएको हो ।

दूतावास नहुँदा पोर्चुगलमा रहेका नेपाली समस्यामा परेको भन्दै सङ्घका अध्यक्ष रवीन अधिकारी र महासचिव राजकुमार थापाले परराष्ट्रमन्त्री साउदलाई ज्ञापनपत्र बुझाउंदै दूतावास स्थापनाको माग ग गरे । युरोप आएका नेपालीको प्रमुख गन्तव्य पोर्चुगल बन्दै गएको, दिनप्रतिदिन नेपालीको सङ्ख्या बढ्दै गएको, राहदानी लगायतका कागजी प्रक्रियामा समस्या भएको र पोर्चुगलबाट ठूलो रकम रेमिट्यान्सका रुपमा नेपाल भित्रिरहेको उल्लेख गर्दै सङ्घले दूतावास स्थापनाको माग गरेको हो ।

सो अवसरमा ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री साउदले दूतावास स्थापनाका लागि सरकारले पोर्चुगललाई पहिलो प्राथमिकतामा राखेको र दूतावास स्थापनाका लागि आफू सकारात्मक रहेको आश्वासन दिएको गैर आवासीय नेपाली सङघ पोर्चुगलका अध्यक्ष रवीन अधिकारीले जानकारी दिए । सङ्घको क्षेत्रीय सम्मेलनमा दूतावास स्थापनाका विषयमा जोडदार रुपमा उठान गरिएको र केन्द्रीय नेतृत्वले समेत आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको अधिकारीले बताए ।

पोर्चुगलमा नेपालीको सङ्ख्या यकिन नभए पनि अनुमानित ५० देखि ६० हजारको हारहारीमा नेपाली रहेको सङ्घका अध्यक्ष अधिकारीको भनाइ छ । पोर्चुगलमा नेपाली दूतावास नहुँदा फ्रान्स लगायतका अन्यमुलुक धाउनुपर्ने बाध्यता रहेको छ ।

  • २६ बैशाख २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !